• कार्तिक २, २०८२
  • No Comment
  • 217

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

कात्तिक २। तिहारको अवसरमा घर सजाउन झिलीमिली बत्ती जडान गर्ने क्रममा पर्सामा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ।
मृतक १७ वर्षीय पियुसकुमार साह वीरगञ्ज महानगरपालिका–१, छपकैयाका बासिन्दा हुन्।

शनिबार साँझ आफ्नो एकतले घरको छतमा झिलीमिली बत्ती जोड्ने क्रममा साह अचानक वाइरिङको तारमा करेन्ट लागेर गम्भीर घाइते भएका थिए। तत्काल उनलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको पर्सा प्रहरीले जनाएको छ।

पर्सा प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतका अनुसार मृतकको शवलाई पोष्टमार्टमका लागि नारायणी अस्पतालमै राखिएको छ।
तिहार नजिकिँदै गर्दा घर सजाउने क्रममा विद्युत् सुरक्षा प्रति सतर्कता अपनाउन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।

सम्बन्धित खबर

चौकुने गाउँपालिकामा खाद्य अधिकार, खाद्य सुरक्षा तथा सम्प्रभुता नीति २०८३ सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

चौकुने गाउँपालिकामा खाद्य अधिकार, खाद्य सुरक्षा तथा सम्प्रभुता नीति…

 सुर्खेत। चौकुने गाउँपालिकाको सभाहलमा खाद्य अधिकार, खाद्य सुरक्षा तथा सम्प्रभुता नीति २०८३ सम्बन्धी एकदिने कार्यशाला गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।…
चौकुने गाउँपालिकामा अपाङ्गता सहायता सामग्री वितरण

चौकुने गाउँपालिकामा अपाङ्गता सहायता सामग्री वितरण

सुर्खेत। अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सम्मान र पहुँच सुनिश्चित गर्नु राज्यको दायित्व भएको मन्त्रीको भनाई अपाङ्गता रोकथाम तथा पुनर्स्थापना साझेदारी कार्यक्रम…
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…

Leave a Reply

Your email address will not be published. Required fields are marked *