• अशोज ३१, २०८२
  • No Comment
  • 194

ओलीलाई नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

काठमाडौं — नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सहजतापूर्वक नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका छन्।

पार्टीको दशौं केन्द्रीय कमिटी बैठकमा ‘आजको संकट र पार्टी पुनर्गठन’ विषयमा धारणा राख्दै भट्टराईले पार्टी पुनर्गठनको मूल आधार नेतृत्व हस्तान्तरण हुनुपर्ने बताएका हुन्।

उनले भनेका छन्, “पार्टी पुनर्गठनको महत्वपूर्ण आयाम नेतृत्वको हस्तान्तरण हो।”
भट्टराईका अनुसार विधान महाधिवेशनमार्फत अध्यक्ष ओलीलाई पुनः अध्यक्ष बनाउने सन्देश प्रवाह भए पनि वर्तमान असाधारण राजनीतिक परिस्थिति, जनताको अपेक्षा र समयको मागलाई मध्यनजर गर्दै अब त्यसबारे पुनर्विचार गर्नुपर्ने अवस्था आएको छ।

“यसका लागि वर्तमान अध्यक्ष कमरेडले सहजतापूर्वक नेतृत्व हस्तान्तरणको प्रस्ताव अघि सार्नु उपयुक्त हुन्छ,” भट्टराईले भनेका छन्।

भट्टराईले आफ्नो लिखित प्रस्तावमा दुईवटा विकल्प पनि प्रस्तुत गरेका छन्।
पहिलो विकल्प अनुसार, अध्यक्ष ओलीले तत्कालै वरिष्ठतम् नेतालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर आगामी महाधिवेशनबाट सहमति वा प्रतिस्पर्धामार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने सुझाव दिएका छन्।

दोस्रो विकल्पमा, ओलीकै नेतृत्वमा पार्टीको महाधिवेशन सम्पन्न गरी महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरणको पूर्वघोषणा गर्न सकिने उल्लेख गरिएको छ।
“यी दुई विकल्पमध्ये कुन बाटो रोज्ने भन्ने निर्णय अध्यक्ष कमरेडको अन्तरआत्मालाई छोड्नुपर्छ,” भट्टराईको धारणा छ।

भट्टराईको यो अभिव्यक्तिलाई पार्टीभित्र नेतृत्व हस्तान्तरणबारे नयाँ बहसको संकेतका रूपमा हेरिएको छ।

सम्बन्धित खबर

चौकुने गाउँपालिकामा खाद्य अधिकार, खाद्य सुरक्षा तथा सम्प्रभुता नीति २०८३ सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

चौकुने गाउँपालिकामा खाद्य अधिकार, खाद्य सुरक्षा तथा सम्प्रभुता नीति…

 सुर्खेत। चौकुने गाउँपालिकाको सभाहलमा खाद्य अधिकार, खाद्य सुरक्षा तथा सम्प्रभुता नीति २०८३ सम्बन्धी एकदिने कार्यशाला गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।…
चौकुने गाउँपालिकामा अपाङ्गता सहायता सामग्री वितरण

चौकुने गाउँपालिकामा अपाङ्गता सहायता सामग्री वितरण

सुर्खेत। अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सम्मान र पहुँच सुनिश्चित गर्नु राज्यको दायित्व भएको मन्त्रीको भनाई अपाङ्गता रोकथाम तथा पुनर्स्थापना साझेदारी कार्यक्रम…
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…

Leave a Reply

Your email address will not be published. Required fields are marked *