- अशोज ३१, २०८२
- No Comment
- 7
सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

सुर्खेत, असोज ३१ — सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन्।
वीरेन्द्रनगर–८ खजुरा स्थित ५१ वर्षिय रूद्र प्रसाद खनालकाे घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ परेकामध्ये रूद्र प्रसाद खनाल (घरधनी) समेत रहेका छन्। पक्राउ पर्ने अन्य व्यक्तिहरूमा ५५ वर्षिय दुर्गा बहादुर पुलामी, २५ वर्षिय सुशील गौतम, ३५ वर्षिय जगत बहादुर राना, ५३ वर्षिय सुरत बहादुर शाहि, ४० वर्षिय बिरजंग शाही, ५५ वर्षिय रेशम मल्ल, ४५ वर्षिय रमेश खाँण, ३९ वर्षिय दान बहादुर सिंह , वीरेन्द्रनगर १० निवासी ४३ वर्षिय अशोक कुमार खड्का, साेहि वडाका ४८ वर्षिय विनोद मल्ल शाही, विरजङ्ग शाही र रमेश मल्ल रहेकाे प्रहरीले जनाएकाे छ।
उनीहरूबाट नेपाली नोट ५८ हजार ९ सय ४० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढथापाले जानकारी दिए।
प्रहरीका अनुसार जुवातास नियन्त्रण र सामाजिक अपराध नियन्त्रण अभियान अन्तर्गत नियमित अनुगमन तथा विशेष सूचनाको आधारमा कार्यवाही गरिएको हो।