- अशोज २९, २०८२
- No Comment
- 22
भारतको राजस्थानमा चलिरहेको बसमा भीषण आगलागीः २० भन्दा बढी यात्रुको मृत्यु, धेरै घाइते

राजस्थानको जैसलमेरमा हिजो बेलुका चलिरहेको एसी बसमा लागेको भीषण आगलागीमा २० भन्दा बढी यात्रुको मृत्यु भएको खबर आएको छ। बसमा सवार ५७ मध्ये केहीले बसबाट हाम फालेर ज्यान जोगाए भने १९ जना गम्भीर रूपमा जलेका छन्। राजस्थानको जैसलमेर जिल्लामा मंगलबार दिउँसो चलिरहेको एसी बसमा आगलागी हुँदा भयावह दुर्घटना भएको छ। यस घटनामा अहिलेसम्म २० भन्दा बढी यात्रुको मृत्यु पुष्टि भएको छ। धेरै जना बसभित्रै जीवितै जलेका छन्, जबकि केहीले झ्याल तोडेर कसरी होस् ज्यान जोगाए।
बताइँदैछ कि आगलागीपछि बसको ढोका लक भएको कारण मानिसहरूलाई बाहिर निस्कने मौका नै मिलेन। बसमा जम्मा ५७ जना यात्रु सवार थिए। दुर्घटनापछि १९ जना गम्भीर रूपमा जलेर घाइते भएका यात्रुहरूलाई जोधपुर पठाइएको थियो, जसमा धेरैको उपचारका क्रममा मृत्यु भइसकेको छ। चार घाइतेहरू अहिले पनि जैसलमेरमा उपचाररत छन् र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। स्थानीय पत्रकार राजेन्द्र सिंह चौहान पनि यस दुर्घटनामा ज्यान गुमाउनेहरूमा परेका छन्। जानकारी अनुसार बस जैसलमेरबाट जोधपुरतर्फ जाँदै गर्दा अचानक एसी युनिटमा आगो लागेको थियो, जसले केही मिनेटमै सारा बसलाई आगोको चपेटामा पा¥यो।सूचना पाएर घटनास्थलमा पुगेका दमकलकर्मीहरूले लामो प्रयासपछि आगो नियन्त्रणमा लिएका थिए।
हाल मृत्युको आधिकारिक पुष्टि हुन बाँकी छ। दुर्घटनापछि मुख्यमन्त्रीले बिहीबारको बिहार भ्रमण रद्द गरेका छन् र राहत तथा उद्धार कार्यको अवस्थामाथि नजरो राखिरहेका छन्।