• अशोज २५, २०८२
  • No Comment
  • 33

जेन जी आन्दोलनको भावनालाई सम्मान गर्दै सुधारको योजना सहित काम गर्न मुख्यमन्त्री कँडेलको निर्देशन

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भदौ २३ गतेको जेन जी आन्दोलनले उठाएका सकारात्मक माग र भावनालाई सम्मान गर्दै सुधारको स्पष्ट योजना सहित काम गर्न प्रदेशका सचिवहरूलाई निर्देशन दिएका छन्।

शुक्रबार कर्णाली प्रदेश सरकारका प्रमुख सचिव र सबै मन्त्रालयका सचिवहरूसँगको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले सुधारका प्रतिबद्धता कागजमै सीमित नराखी व्यवहारमा रूपान्तरण गर्न आग्रह गरे। उनले जनताले पारदर्शी, जवाफदेही र सहज सेवा अपेक्षा गरिरहेको बताउँदै “कार्यालयका ढोका जनताका लागि खुला हुनुपर्छ, कागजपत्रमा मात्र होइन, व्यवहारमा पनि पारदर्शिता देखिनुपर्छ,” भने।

मुख्यमन्त्री कँडेलले विगतका कमजोरीबाट पाठ सिक्दै नयाँ सोच र कार्यशैलीका साथ काममा गति दिनुपर्नेमा जोड दिए। “हामीले हिजोका कमजोरी सुधारका उपाय खोज्नुपर्छ,” उनले भने।

उनका अनुसार सरकारले खर्च कटौती, कार्यक्षमता वृद्धि र परिणाममुखी सेवा प्रवाहलाई प्राथमिकतामा राखेको छ। उनले सङ्घ सरकारसँग प्रतिस्पर्धा गर्न सक्ने किसिमको खर्च कटौती गर्ने, तालिम, भ्रमण, गोष्ठी तथा आवश्यक नभएका योजनाबाट खर्च घटाउने प्रस्ताव ल्याउन सचिवहरूलाई निर्देशन दिए।

मुख्यमन्त्री कँडेलले प्रत्येक मन्त्रालय र कार्यालयमा देखिने अनावश्यक खर्च, ढिलासुस्ती र प्रक्रियागत जटिलता अन्त्य गर्न जोड दिँदै सेवाप्रवाहमा सरलता ल्याउने र जनतामुखी प्रशासनिक सुधारलाई व्यवहारमा उतार्न निर्देशन दिएका छन्।

सम्बन्धित खबर

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…
भारतको राजस्थानमा चलिरहेको बसमा भीषण आगलागीः २० भन्दा बढी यात्रुको मृत्यु, धेरै घाइते

भारतको राजस्थानमा चलिरहेको बसमा भीषण आगलागीः २० भन्दा बढी…

राजस्थानको जैसलमेरमा हिजो बेलुका चलिरहेको एसी बसमा लागेको भीषण आगलागीमा २० भन्दा बढी यात्रुको मृत्यु भएको खबर आएको छ। बसमा सवार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *