- अशोज २४, २०८२
- No Comment
- 17
हुम्लाको चंखेलीमा जिप दुर्घटना : ३ जनाको घटनास्थलमै मृत्यु, ६ जना घाइते

हुम्ला। हुम्लाको चंखेली गाउँपालिकामा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। कर्णाली प्रदेश ०२–००१ च १०९१ नम्बरको डबल क्याब जीप शुक्रबार बिहान करिब ११ बजे पिप्लाङतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार दुर्घटनामा परि बसन्ति बुढा, उनका छोरा र मानबिर बुढाको ज्यान गएको हो। मृतक सबै चंखेली गाउँपालिका निवासी हुन्।
दुर्घटनामा कैलाश शिरा, बहादुर लामा, महेन्द्र रोकाया, हंश बुढा, पार्बती बुढा र बिमला बुढा घाइते भएका छन्। घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको र केहीलाई थप उपचारका लागि बाहिर लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।