- अशोज २२, २०८२
- No Comment
- 19
आज पनि राख्यो सुनको भाउले नयाँ रेकर्ड, तोलाको २ लाख ३८ हजार पुग्यो

बुधबार पनि सुनको भाउ ऐतिहासिक उचाइमा पुगेको छ । हिजो मंगलबार प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा २ हजार ६ सय रूपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो । आज प्रतितोला सुनको मूल्य २ लाख ३८ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन चाँदीको भाउ भने तोलामा ५ रूपैयाँले घटेर प्रतितोला २ हजार ९ सय ५५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।