• अशोज १४, २०८२
  • No Comment
  • 72

नेपाललाई क्रिकेटमा ऐतिहासिक सफलता

(एजेन्सी) – नेपाली क्रिकेटले ऐतिहासिक सफलता हासिल गरेको छ। नेपालले वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै युनिटी कप टी–२० शृङ्खला एक खेल अगावै जितेको छ।

गएराति संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याउँदै वेस्ट इन्डिज १७.१ ओभरमै ८३ रनमा अलआउट भयो। वेस्ट इन्डिजका लागि जेसन होल्डरले १५ बलमा दुई छक्कासहित सर्वाधिक २१ रनको योगदान गरे। एकिम अगष्टले १७ तथा अमिर जांगोले १६ रन जोडे।

नेपालका बलरमध्ये आदिल आलमले शानदार प्रदर्शन गर्दै ४ विकेट लिए। त्यस्तै, कुशल भुर्तेलले ३ विकेट झारे भने ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिएका थिए।

यसअघि टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो। नेपालका लागि आसिफ शेखले ४७ बलमा ८ चौका र २ छक्कासहित अविजित ६८ रन प्रहार गरे। सन्दीप जोराले आक्रमक ब्याटिङ गर्दै ३९ बलमा ५ छक्का र ३ चौकासहित ६३ रन बनाए। मोहम्मद आदिल आलमले थप ११ रन जोडे।

वेस्ट इन्डिजका बलरमध्ये कप्तान अकिल होसेन र कायल मायर्सले समान २–२ विकेट लिए भने जेडिया ब्लेड्सले १ विकेट हात पारे।

पहिलो खेलमै वेस्ट इन्डिजलाई पराजित गरिसकेको नेपालले लगातार दोस्रो जितसँगै शृङ्खलाको उपाधि सुनिश्चित गरेको हो। यस ऐतिहासिक उपलब्धिसँगै नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा नयाँ सफलता पाएको छ।

सम्बन्धित खबर

रेडक्रसको एम्बुलेन्स गाँजा ओसारपसारमा प्रयोग

रेडक्रसको एम्बुलेन्स गाँजा ओसारपसारमा प्रयोग

सर्लाही– बिरामी बोक्ने उद्देश्यले प्रयोग गरिने एम्बुलेन्समै गाँजा ओसारपसार भइरहेको तथ्य सर्लाहीमा पक्राउ परेका एक एम्बुलेन्ससहित सार्वजनिक भएको छ। प्रहरीको विशेष…
भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

काठमाडौँ– भारतको गोवा राज्यस्थित अर्पोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा शनिबार राति सिलिन्डर पड्किएर भीषण आगलागी हुँदा २३ जनाको ज्यान गएको…
हरेक दिन कति नुन खाने ?

हरेक दिन कति नुन खाने ?

काठमाडौं– दैनन्दिन भोजनमा स्वाद बढाउन प्रयोग गरिने नुन शरीरका लागि आवश्यक पोषक तत्व भए पनि यसको धेरै सेवनले गम्भीर स्वास्थ्य समस्या…

Leave a Reply

Your email address will not be published. Required fields are marked *