- अशोज ९, २०८२
- No Comment
- 36
देउवा दम्पतिको पासपोर्ट रोक्ने तयारी

काठमाडौं, असोज ९ । सरकार पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी सांसद डा. आरजु राणा देउवाको पासपोर्ट रोक्ने तयारीमा रहेको खुलेको छ।
जेन–जी आन्दोलनका क्रममा गम्भीर आक्रमणमा परी उपचाररत देउवा दम्पत्तिले नयाँ राहदानी लिएको तथ्य सार्वजनिक भएपछि सरकारले यस विषयमा विशेष सतर्कता अपनाएको हो।
गृहमन्त्रालय निकट उच्च स्रोतका अनुसार देउवा दम्पत्तिको पासपोर्ट रोक्ने प्रक्रियामा सरकार अघि बढ्दैछ। उक्त कदमलाई औपचारिक बनाउन सम्पत्ति शुद्धीकरण विभाग सक्रिय देखिएको बताइन्छ।