- अशोज ९, २०८२
- No Comment
- 31
चाडपर्वलाई लक्षित गर्दै जाजरकोटमा यात्रु सहायता कक्ष स्थापना

जाजरकोट, असोज ९ । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै यात्रुहरुको समस्या, गुनासो तथा आवश्यकता अनुसार आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय जाजरकोट र मातहतका प्रहरी इकाइहरुले यात्रु सहायता कक्ष स्थापना गरेका छन्। असोज ७, ८ र ९ गते यात्राको चाप बढ्ने अनुमान गरिएकाले यात्रुहरुलाई सुरक्षित र अनुशासित यातायात सेवा प्रवाह गर्न यस कदम उठाइएको प्रहरीले जनाएको छ।
यात्राको क्रममा कुनै समस्या परेमा यात्रुहरुले प्रत्यक्ष सहायता कक्षमा वा तोकिएका सम्पर्क नम्बरमा सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ। नेपाल प्रहरी हटलाइन १०० र १०३ मा सिधै सम्पर्क गर्न सकिनेछ भने जिल्ला प्रहरी कार्यालय जाजरकोटको ९८५८०५४०५० र ९८५७८९०२०२ नम्बरमा पनि सेवा उपलब्ध हुनेछ। त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोटको ०८९–४३००१२, इलाका प्रहरी कार्यालय दल्लीको ९८५८०८२५७७, इलाका प्रहरी कार्यालय रग्दाको ९७४५२०३७८७, प्रहरी चौकी छेडाको ९८६४७९२९१६, अस्थायी ट्राफिक पोष्ट दल्लीको ९८६०९८८६७४, अस्थायी ट्राफिक प्रहरी पोष्ट छेडाको ९८६१६८२५७६ तथा अस्थायी प्रहरी पोष्ट सुयाडा जाजरकोटको ९७६५८०७७७३ मा पनि सम्पर्क गर्न सकिने छ।
प्रहरीले यात्रुहरुलाई सचेत रहि यात्राको क्रममा कुनै समस्या परेमा ढिलाइ नगरी तुरुन्तै सम्पर्क गर्न अनुरोध गरेको छ।