• अशोज ८, २०८२
  • No Comment
  • 35

कर्णालीमा सुरक्षा समन्वय समितिको बैठक, चाडपर्वमा शान्ति सुरक्षामा विशेष ध्यान दिने निर्णय

सुर्खेत। कर्णाली प्रदेशको पछिल्लो शान्ति–सुरक्षा अवस्थाबारे छलफल तथा समीक्षा गर्न सोमबार मुख्यमन्त्री यामलाल कडेलको अध्यक्षतामा प्रदेश सुरक्षा समन्वय समितिको बैठक बसेको छ ।

बैठकमा प्रमुख सचिव वीरेन्द्र कुमार यादव, उत्तरपश्चिम पृतनापति दिपेशजंग शाह, सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्याय, डिआइजी माधव श्रेष्ठ, सशस्त्र प्रहरी महेश्वरी बाहिनीका कामु बाहिनीपति विनोदराज श्रेष्ठसहित प्रदेश तहका सबै सुरक्षा प्रमुखहरूको सहभागिता रहेको थियो ।

बैठकले मुलुकको पछिल्लो अवस्था र नजिकिँदै गरेका विजयादशमी, तिहार, छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै शान्ति–सुरक्षा व्यवस्थापनमा विशेष सतर्कता अपनाउने निर्णय गरेको छ ।

निर्णयअनुसार, यातायात आवागमन सहज बनाउन, कानूनविपरीत हुन सक्ने आपराधिक घटनालाई रोकथाम गर्न र चाडपर्वमा नागरिकलाई सुरक्षित वातावरण प्रदान गर्न सबै सुरक्षा निकाय र सम्बद्ध निकायबीच घनिष्ठ समन्वय गरी योगदान दिने सहमति गरिएको छ ।

बैठकले चाडपर्वमा शान्ति–सुरक्षा कायम गर्न सबै तहबाट सहयोग र सहजीकरण गर्न आग्रह पनि गरेको छ ।

सम्बन्धित खबर

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…
भारतको राजस्थानमा चलिरहेको बसमा भीषण आगलागीः २० भन्दा बढी यात्रुको मृत्यु, धेरै घाइते

भारतको राजस्थानमा चलिरहेको बसमा भीषण आगलागीः २० भन्दा बढी…

राजस्थानको जैसलमेरमा हिजो बेलुका चलिरहेको एसी बसमा लागेको भीषण आगलागीमा २० भन्दा बढी यात्रुको मृत्यु भएको खबर आएको छ। बसमा सवार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *