- अशोज ६, २०८२
- No Comment
- 35
नेपाली राष्ट्रिय क्रिकेट टोली आज बेलुका युएई प्रस्थान गर्दै

काठमाडौं – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली वेस्ट इन्डिजसँगको तीन खेलको टी–२० सिरिज खेल्न आज बेलुका संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गर्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपाली टोली सोमबार बेलुका ७:२५ बजे युएई प्रस्थान गर्न लागेको हो। यसअघि टोली गत शुक्रबारै प्रस्थान गर्ने तालिका तय भए पनि भिसा समस्या भएपछि यात्रा दुई दिन ढिलो भएको हो।
नेपाल र वेस्ट इन्डिजबीचको तीन खेलको टी–२० सिरिज आगामी सेप्टेम्बर २७, २९ र ३० गते हुने छ। सबै खेल युएईको शारजाह क्रिकेट मैदानमा खेलिने क्यानले जनाएको छ।
यस सिरिजलाई आगामी प्रतियोगिताहरूको तयारीका लागि महत्त्वपूर्ण मानिएको छ।