- भदौ २९, २०८२
- No Comment
- 57
सुनको मूल्यमा गिरावट, आइतबार कतिमा हुँदैछ किनबेच ?

नेपालमा आइतबार सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्यमा हल्का वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रति तोला ७०० रुपैयाँले घटेर २ लाख १५ हजार १०० रुपैयाँमा पुगेको छ । शुक्रबार सुनको मूल्य प्रति तोला २ लाख १५ हजार ८०० रुपैयाँ थियो । चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रति तोला ५ रुपैयाँले बढेर २ हजार ५७० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार यसको मूल्य प्रति तोला २ हजार ५६५ रुपैयाँमा थियो ।