• भदौ १७, २०८२
  • No Comment
  • 112

पाँच दिनपछि खुल्यो कर्णाली राजमार्ग, स्याउका ट्रक गन्तव्यतर्फ

जुम्ला । अविरल वर्षाका कारण गएको शुक्रबारदेखि अवरुद्ध कर्णाली राजमार्ग पाँच दिनपछि खुलेको छ। सडक डिभिजन कार्यालय जुम्लाले डोजरले हटाउन नसकेका ठूला ढुङ्गा नेपाली सेनाको सहयोगमा ब्लास्टिङ गरेर पन्छाएपछि सडक सञ्चालनमा आएको हो।

सडक सञ्चालनमा आएपछि स्याउ बोकेका २३ वटा ट्रक सुर्खेत र नेपालगन्जतर्फ प्रस्थान गरेका छन्। ती ट्रकमा करिब १८४ मेट्रिक टन स्याउ थियो, जसको मूल्य झन्डै १३ करोड रुपैयाँभन्दा बढी रहेको व्यापारीहरूले बताएका छन्। पाँच दिनसम्म सडकमै अलपत्र परेका कारण स्याउ कुहिने चिन्ता व्यापारी र किसानमा बढेको थियो।

सडक डिभिजन जुम्लाका प्रमुख दीपेन्द्र चौधरीका अनुसार निरन्तर वर्षा, भौगोलिक कठिनाइ र स्रोत–साधन अभावका कारण ढिलाइ भएको हो। कालिकोट प्रहरी प्रशासन र नेपाली सेनाको सहयोगमा सडक सञ्चालनमा ल्याइएको उनले बताए।

सडक खुलेसँगै व्यापारी खुसी भएका छन्। तर, वर्षा अझै जारी रहेकाले पहिरोको जोखिम कायमै रहेको भन्दै सडक डिभिजनले अत्यावश्यक कामबाहेक यात्रा नगर्न अनुरोध गरेको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *