• भदौ १६, २०८२
  • No Comment
  • 18

सरकारकाे तीन तहबीच सम्बन्ध सुदृढ गर्न आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सुदृढ भए मात्र विकास र समृद्धिको लक्ष्य हासिल गर्न सकिने बताएका छन् ।

आज कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद्को तेस्रो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले तीनै तहबीच सहकार्य र समन्वयलाई मजबुत बनाउनुपर्नेमा जोड दिए । उनका अनुसार, सङ्घ र प्रदेशले नीति तथा योजना बनाए पनि कार्यान्वयनको वास्तविक स्थान स्थानीय तह भएकाले त्यसलाई सक्षम र जिम्मेवार बनाउन आवश्यक छ ।

मुख्यमन्त्री कँडेलले सीमित स्रोत साधनको सदुपयोग गर्नुपर्नेमा जोड दिंदै समस्या मात्र देखाउने होइन, समाधानका व्यवहारिक उपाय खोज्ने प्रवृत्ति विकास गर्नुपर्ने धारणा राखे । उनले विधि, कानुन र पारदर्शिताको पालना गर्दै विभेदरहित काम गर्न सबैलाई आग्रह समेत गरे ।

उनले सङ्घीय व्यवस्थालाई प्रभावकारी बनाउन कानुनी स्पष्टता र प्रक्रियागत पारदर्शिता अपरिहार्य रहेको बताए ।

सम्बन्धित खबर

रास्वपा नेता बदन भण्डारीमाथि आक्रमण

रास्वपा नेता बदन भण्डारीमाथि आक्रमण

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सार्वजनिक मामिला विभागका सचिव बदन भण्डारीमाथि गएराति आक्रमण भएको छ। भण्डारीलाई काठमाडौँको कपनस्थित प्रगतिनगरस्थित…
सही समयमा केरा खाँदा फाइदा अनेकौँ

सही समयमा केरा खाँदा फाइदा अनेकौँ

सस्तो, सजिलो र सुलभ फलफूलमध्ये पर्ने केरा स्वास्थ्यका दृष्टिले अत्यन्त लाभदायक मानिन्छ। विशेषज्ञहरूका अनुसार, उचित समयमा सेवन गरे यसको फाइदा धेरै…
कर्णालीमा विद्यार्थीमाझ लोक सेवा आयोग कार्यक्रम सुरु

कर्णालीमा विद्यार्थीमाझ लोक सेवा आयोग कार्यक्रम सुरु

वीरेन्द्रनगर । लोक सेवा आयोगले आफ्नो हीरक जयन्ती वर्ष २०८२ तथा ७५ औं वार्षिकोत्सवको अवसरमा कर्णालीमा विद्यार्थीमाझ कार्यक्रम सुरु गरेको छ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *