- भदौ ८, २०८२
- No Comment
- 55
ठुला देशको मनोमानि

लेखक – निडर चदारा।

ठूला देशको मनोमानि
ठूला देशको मनोमानी!
कसरी आफ्नो नक्सामा
सानो राष्ट्रलाई कोर्छन्,
कसरी सिमाना लांघ्छन्,
कसरी व्यापारको नाममा
शोषणको ढोका खोल्छन्।
ठूला देशको मनोमानी!
जनताको पसिना थिच्छन्,
श्रमको मूल्य खान्छन्,
भूगोललाई खेलौना ठान्छन्,
राष्ट्रलाई बजार सम्झन्छन्।
तर होसियार!
सानो देश कमजोर होइन,
हिमाल झुक्दैन,
तराई मौन बस्दैन,
पहाड चुप लाग्दैन।
जनताको मुठ्ठी उठ्छ भने
साम्राज्य पनि ढल्छ।
ठूला देशको मनोमानी
दलालले त सहन्छ,
राजनीतिले त बेच्छ,
तर जनताको चेतनाले
क्रान्तिको आँधी ल्याउँछ।
हाम्रो सार्वभौमिकता
कसैको दान होइन,
हाम्रो स्वतन्त्रता
कसैको कृपा होइन,
यो जनताको बलिदान हो,
यो शहीदको रगत हो।
ठूला देशको मनोमानि!
सुन,
जनताको शक्ति तोपभन्दा ठूलो हुन्छ,
साहसको ज्वाला सीमा काटेर फैलिन्छ,
विद्रोहको आवाज
सगरमाथाजस्तो अडिग हुन्छ।