• भदौ ८, २०८२
  • No Comment
  • 88

सुर्खेतमा नेटवर्किङ ठगीमा संलग्नलाई थुनामा पठाउन आदेश

 सुर्खेत — प्रतिबन्धित नेटवर्किङ व्यवसायमार्फत ठगीमा संलग्न दुई जनालाई जिल्ला अदालत सुर्खेतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ।

जिल्ला न्यायाधीश दीपक ढकालको इजलासले स्काई ड्रिम इन्टरप्रेनर्स प्रालिका सञ्चालक डोटीको सायल गाउँपालिका–२ का नरेश बोहोरा र कञ्चनपुरको बेलडाँडी–१ की निर्मला धामीलाई थुनामा पठाउने आदेश गरेको हो। अन्य ६ जनालाई भने धरौटीमा छाड्ने आदेश दिइएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार धरौटीमा छाडिएकामध्ये दार्चुलाका कृष्ण धामी, मनिषा सिंह, अछामका कमल शाही र रवीन्द्र शाही, बैतडीकी सुनिता साउद तथा डोटीकी कमला चिमाला रहेका छन्। अदालतले उनीहरूलाई विभिन्न रकम धरौटी मागेर छाड्ने आदेश दिएको हो।

स्काई ड्रिम इन्टरप्रेनर्सले रोजगारको प्रलोभनमा बेरोजगार युवाबाट करोडौं संकलन गरेको भनी प्रहरीमा उजुरी परेपछि अनुसन्धान सुरु भएको हो। हालसम्म ५१ जना पीडितले ठगिएको भन्दै उजुरी दिएका छन्।

सुर्खेत प्रहरीले ६४ लाख रुपैयाँ विगो र कैद सजायको माग गर्दै साउन २७ गते जिल्ला अदालतमा अनुसन्धान प्रतिवेदन दर्ता गराएको थियो। तर, धरौटीमा छाड्न आदेश पाएका विरुद्ध फेरि ठगी उजुरी परेपछि उनीहरू समेत कारागारमै रहने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढाथोकीले जानकारी दिएका छन्।

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *