- भदौ ८, २०८२
- No Comment
- 49
साफ यू–१७ महिला च्याम्पियनसिपमा आज नेपाल र बंगलादेश भिड्ने

भुटान — भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल बंगलादेशसँग खेल्दैछ।
आइतबार नेपाली समयअनुसार साँझ पौने ६ बजे भुटानको चाङ्लिमिथाङ रंगशालामा खेल सुरु हुनेछ। नेपालले यसअघि खेलेका दुई खेलमा एक जित र एक हार व्यहोरेको छ। पहिलो खेलमा भारतसँग ७–० ले पराजित भएको नेपालले दोस्रो खेलमा आयोजक भुटानलाई २–१ ले हराएको थियो।
प्रतियोगितामा आयोजक भुटानसहित नेपाल, भारत र बंगलादेश गरी चार टोलीले सहभागिता जनाएका छन्।
नेपाली टोलीमा झरना डुम्राकोटी, लक्ष्मी ओली, गंगा गुरुङ, दिक्षा रायमाझी, सम्झना चन्द, अलिजा कुमारी विक, ज्ञान्सु डोल्मा लो, पूर्णिमा तादी, अनु माझी, मिनमाया श्रेष्ठ, अंशु विक, डिकी स्याङ्बो तामाङ, कृतिशा तामाङ, रबिना विक, सहारा लिम्बू, बब्तिका कार्की, भूमिका बुढाथोकी, अशिका कार्की, सिर्जना बडुवाल, अस्मिता मगर, यमकुमारी विक, अनिता राना मगर र दिक्षा रनपाल रहेका छन्।