• भदौ ६, २०८२
  • No Comment
  • 158

जन्माष्टमी मेला

वीरेन्द्र बुढा ।  बनगाड र देवस्थलको पहिचानसँग जोडिएको श्रीकृष्ण जन्माष्टमी मेला केवल धार्मिक पर्व मात्र होइन, यहाँको सामाजिक ऐक्यबद्धता, सांस्कृतिक सम्पदा र युवाको खेलकुदप्रतिको सपना बोकेको धरोहर हो। २०६३ सालदेखि युवाहरूले आफ्नै पसिना र श्रमले यस मेलालाई जोगाउँदै ल्याएका छन्। उनीहरूले भौतिक संरचना नहुँदा पनि, मैदान नहुँदा पनि, जसोतसो सहयोग संकलन गरेर खेलकुद सञ्चालन गर्दै आए। यसरी वर्षौंदेखि युवाको साहस र इच्छाशक्तिले परम्परालाई जोगाइरहेका बेला पालिका भने निरन्तर मौन रह्यो। आज, २० वर्ष पूरा भइसकेको छ तर बनगाडमा एउटा खेलमैदान समेत बनेको छैन।

जनप्रतिनिधिहरूले पटक–पटक दिएको आश्वासन, कागजमा कोरिएका योजनाहरू र चुनावी भाषणका मीठा वचनहरू धुलाम्य मात्र बने। विडम्बना त के भने, आफ्नै गाउँको गौरवमयी श्रीकृष्ण जन्माष्टमी कप, जसले बनगाडलाई चिनाउने काम गरेको थियो, अब आफ्नै भूमिमा खेल्न नसकी, पर–परका नगरमा टेकेर सञ्चालन गर्नुपर्ने बाध्यता सिर्जना भएको छ। २० औँ संस्करणको यो प्रतियोगिता सुर्खेतको गुर्भाकोट नगरपालिकास्थित गोकलपुर मिनि रंगशालामा सर्नु परेको तथ्य आफैंमा पालिकाको असफलताको ठुलो प्रमाण हो।

यो केवल मेलाको बेघर हुनु मात्र होइन, पालिकाको लाजमर्दो बेइज्जती हो। युवाको सपना, गाउँको पहिचान र संस्कृतिको गौरवलाई पालिकाले वेवास्ता गर्दा आज बनगाडका नागरिकहरू अपमानित भएका छन्। एउटा खेलमैदान बनाउन नसक्ने जनप्रतिनिधिहरूले विकासको ठूलो सपना देखाउने नैतिक अधिकार हराएका छन्। जनताको मर्म नबुझ्ने र युवाको पसिना कदर नगर्ने यस्ता जनप्रतिनिधिहरूलाई अब समयमै कठघरा सम्म ल्याउनै पर्छ। अब प्रश्न यही हो—कति वर्ष अझै हामी केवल खाली वाचा र धोका सहिरहने ? युवाले खोजेको खेलमैदान कहिले बन्ने ? आफ्नो गौरवमय इतिहास किन अरूको भूमिमा बाँच्नुपर्ने ? पालिकाले समयमै पाठ सिकेन भने, यो बेइज्जतीले पालिकालाई मात्र होइन, यहाँका जनप्रतिनिधिलाई समेत पछुतो हुने गरी युवाले इतिहासमा दर्ज गर्नेछन।

सम्बन्धित खबर

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…
चौकुने गाउँपालिकामा PAP तर्जुमा सम्बन्धी सरोकारवालासँग समन्वय बैठक सम्पन्न

चौकुने गाउँपालिकामा PAP तर्जुमा सम्बन्धी सरोकारवालासँग समन्वय बैठक सम्पन्न

सुर्खेत।  कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत सञ्चालित उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम (R-HVAP) प्रदेश स्तरीय कार्यक्रम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *