• भदौ ६, २०८२
  • No Comment
  • 60

जन्माष्टमी मेला

वीरेन्द्र बुढा ।  बनगाड र देवस्थलको पहिचानसँग जोडिएको श्रीकृष्ण जन्माष्टमी मेला केवल धार्मिक पर्व मात्र होइन, यहाँको सामाजिक ऐक्यबद्धता, सांस्कृतिक सम्पदा र युवाको खेलकुदप्रतिको सपना बोकेको धरोहर हो। २०६३ सालदेखि युवाहरूले आफ्नै पसिना र श्रमले यस मेलालाई जोगाउँदै ल्याएका छन्। उनीहरूले भौतिक संरचना नहुँदा पनि, मैदान नहुँदा पनि, जसोतसो सहयोग संकलन गरेर खेलकुद सञ्चालन गर्दै आए। यसरी वर्षौंदेखि युवाको साहस र इच्छाशक्तिले परम्परालाई जोगाइरहेका बेला पालिका भने निरन्तर मौन रह्यो। आज, २० वर्ष पूरा भइसकेको छ तर बनगाडमा एउटा खेलमैदान समेत बनेको छैन।

जनप्रतिनिधिहरूले पटक–पटक दिएको आश्वासन, कागजमा कोरिएका योजनाहरू र चुनावी भाषणका मीठा वचनहरू धुलाम्य मात्र बने। विडम्बना त के भने, आफ्नै गाउँको गौरवमयी श्रीकृष्ण जन्माष्टमी कप, जसले बनगाडलाई चिनाउने काम गरेको थियो, अब आफ्नै भूमिमा खेल्न नसकी, पर–परका नगरमा टेकेर सञ्चालन गर्नुपर्ने बाध्यता सिर्जना भएको छ। २० औँ संस्करणको यो प्रतियोगिता सुर्खेतको गुर्भाकोट नगरपालिकास्थित गोकलपुर मिनि रंगशालामा सर्नु परेको तथ्य आफैंमा पालिकाको असफलताको ठुलो प्रमाण हो।

यो केवल मेलाको बेघर हुनु मात्र होइन, पालिकाको लाजमर्दो बेइज्जती हो। युवाको सपना, गाउँको पहिचान र संस्कृतिको गौरवलाई पालिकाले वेवास्ता गर्दा आज बनगाडका नागरिकहरू अपमानित भएका छन्। एउटा खेलमैदान बनाउन नसक्ने जनप्रतिनिधिहरूले विकासको ठूलो सपना देखाउने नैतिक अधिकार हराएका छन्। जनताको मर्म नबुझ्ने र युवाको पसिना कदर नगर्ने यस्ता जनप्रतिनिधिहरूलाई अब समयमै कठघरा सम्म ल्याउनै पर्छ। अब प्रश्न यही हो—कति वर्ष अझै हामी केवल खाली वाचा र धोका सहिरहने ? युवाले खोजेको खेलमैदान कहिले बन्ने ? आफ्नो गौरवमय इतिहास किन अरूको भूमिमा बाँच्नुपर्ने ? पालिकाले समयमै पाठ सिकेन भने, यो बेइज्जतीले पालिकालाई मात्र होइन, यहाँका जनप्रतिनिधिलाई समेत पछुतो हुने गरी युवाले इतिहासमा दर्ज गर्नेछन।

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *