• भदौ ५, २०८२
  • No Comment
  • 148

 काठमाडौँको गोठाटारमा १५ महिने बालिका बलात्कृत 

काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा १५ महिने बालिका बलात्कृत भएकी छन् । घटनामा संलग्न आरोपमा प्रहरीले ५९ वर्षीय राजकुमार गोलेलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराका अनुसार मकवानपुर भिमफेदी गाउँपालिका–८ घर भएका गोलेलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।

पीडित बालिका २८ वर्षीया आमासँग गोठाटारमा डेरामा बस्दै आएकी थिइन् । भदौ २ गते गोलेले ती बालिकालाई आफ्नै कोठामा लगेर जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले बालिकाको स्वास्थ्य परीक्षण गराइसकेको छ । आरोपी विरुद्ध जबरजस्ती करणी मुद्दामा अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *