- भदौ ५, २०८२
- No Comment
- 71
काठमाडौँको गोठाटारमा १५ महिने बालिका बलात्कृत

काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा १५ महिने बालिका बलात्कृत भएकी छन् । घटनामा संलग्न आरोपमा प्रहरीले ५९ वर्षीय राजकुमार गोलेलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराका अनुसार मकवानपुर भिमफेदी गाउँपालिका–८ घर भएका गोलेलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।
पीडित बालिका २८ वर्षीया आमासँग गोठाटारमा डेरामा बस्दै आएकी थिइन् । भदौ २ गते गोलेले ती बालिकालाई आफ्नै कोठामा लगेर जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीले बालिकाको स्वास्थ्य परीक्षण गराइसकेको छ । आरोपी विरुद्ध जबरजस्ती करणी मुद्दामा अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।