- भदौ ४, २०८२
- No Comment
- 73
वीरेन्द्रनगरमा आन्दोलन परिचालक समिति गठन

प्याब्सन सुर्खेत जिल्लाको आयोजनामा शिक्षा विधेयक मस्यौदामाथि छलफल गर्न बुधबार वीरेन्द्रनगरमा जिल्लास्तरीय कार्यक्रम सम्पन्न भएको छ । केन्द्र, प्रदेश र जिल्ला स्तरका पदाधिकारीको उपस्थितिमा सम्पन्न कार्यक्रममा आन्दोलन परिचालक समिति गठन गरिएको छ। बैठकले प्याब्सन नेपाल सुर्खेतका अध्यक्ष छत्र बडुवालकाे संयाेजक रहने गरी समिति गठन गर्ने निर्णय गरेकाे हाे । समितिमा सुर्खेत जिल्ला स्थित सबै सदस्य विद्यालयका संस्थापक एवम् प्रिन्सिपल सदस्य रहने गरी आन्दोलन परिचालन कमिटी गठन गरीएकाे छ । बैठकलाई सम्बोधन गर्ने सबै वक्ताहरुले शिक्षा विधेयकको मस्यौदासम्बन्धी विभिन्न धारणा प्रस्तुत गर्दै निजी क्षेत्रको पक्षमा संस्थागत आन्दोलनलाई एकताबद्ध रुपमा अघि बढाउनुपर्नेमा जाेड दिएका छन् ।
कार्यक्रममा केन्द्र, प्रदेश, जिल्ला स्तरीय पदाधिकारी, विद्यालयका संस्थापक तथा प्राचार्यहरुको उपस्थिति रहेकाे थियाे । सरकारले ल्याएको शिक्षा विधेयकप्रति आपत्ति जनाउदै प्याब्सन नेपाल सुर्खेतले विभिन्न मन्त्रालयहरूमा ज्ञापन पत्र बुझाएको थियाे तर मन्त्रालयबाट कुनै पनि प्रतिकृया नआएपछि आन्दोलन परिचालक समिति गठन गरेको हो ।