• साउन २९, २०८२
  • No Comment
  • 76

कर्णालीमा खेतीयोग्य जमिन बाँझो राख्नेलाई जरिवाना

सुर्खेत — कर्णाली प्रदेश सरकारले खेतीयोग्य जमिन बाँझो राख्ने मालिकलाई जरिवाना गर्ने व्यवस्था गरेको छ। आर्थिक ऐन, २०८२ मार्फत प्रदेश सरकारले यस्तो प्रावधान लागू गरेको हो।

ऐनअनुसार १० रोपनीसम्मको जमिन बाँझो राखेमा पाँच सय रुपैयाँ, १० देखि २० रोपनीसम्म बाँझो राखेमा एक हजार रुपैयाँ र २० रोपनीभन्दा बढी बाँझो राखेमा एक हजार पाँच सय रुपैयाँ जरिवाना तिर्नु पर्नेछ। यो व्यवस्था प्रदेश राजपत्रमा प्रकाशित भइसकेको छ।

प्रदेश सरकारले बाँझो जमिनमा खेती गर्ने किसानलाई विभिन्न सहुलियत र अनुदानको व्यवस्था पनि गरेको छ। पाँच हेक्टरभन्दा बढी जमिनमा खेती गर्नेको ऋणको सम्पूर्ण ब्याज प्रदेश सरकारले तिर्नेछ भने पाँच हेक्टरभन्दा कममा खेती गर्ने किसानलाई ७ देखि १० प्रतिशतसम्म ब्याज अनुदान दिने प्रावधान ऐनमा समावेश गरिएको छ।

यससँगै, प्रदेश सरकारले कृषि उत्पादन बढाउन र बाँझो जमिनलाई उत्पादनशील बनाउने लक्ष्य लिएको जनाएको छ।

सम्बन्धित खबर

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

कात्तिक २। तिहारको अवसरमा घर सजाउन झिलीमिली बत्ती जडान गर्ने क्रममा पर्सामा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। मृतक १७…
पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा

पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली…

क्रिकेट एसोसिएसन अफ द ब्लाइन्ड नेपाल (सीएबी नेपाल)ले पहिलोपटक आयोजना हुन लागेको टी–२० ब्लाइन्ड महिला विश्वकप क्रिकेट प्रतियोगिताका लागि १६ सदस्यीय…
पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगलमा कार्यरत एक नेपाली युवा जितेन्द्र पाण्डे गत साता सोमबारदेखि सम्पर्कविहीन भई बेपत्ता भएका छन्। तनहुँ जिल्ला भानु…

Leave a Reply

Your email address will not be published. Required fields are marked *