• साउन २७, २०८२
  • No Comment
  • 83

बदामको तेल कपालका लागि लाभदायी

साउन २८ – बजारमा विभिन्न प्रकारका कृत्रिम रंग, सुगन्ध र रसायन मिसाइएका तेलहरू बिक्री भइरहेका छन्, जसले कपाल छिट्टै बढ्ने दाबी गर्दछन्। तर, विशेषज्ञहरूका अनुसार यस्ता महँगा र प्रभावहीन तेलको सट्टा सादा र प्राकृतिक तेल प्रयोग गर्नुपर्छ।

यसै सन्दर्भमा, बदामको तेल कपालको स्वास्थ्यका लागि प्रभावकारी मानिन्छ। भिटामिन ई, म्याग्नेसियम, कपर, फस्फोरस र एन्टी–अक्सिडेन्टले भरिपूर्ण बदामको तेलले टाउको र कपाललाई विभिन्न समस्या बाट जोगाउन मद्दत गर्छ। यसमा रहेको एन्टी–इन्फ्लेमेटरी गुणले टाउकोको चायाँ, चिलाउने तथा कपाल झर्ने समस्या कम गर्न सहयोग पुर्‍याउँछ।

विशेषज्ञहरूका अनुसार बदामको तेलले टाउकोमा हाइड्रेसन कायम राखी कपाल सुख्खा हुन दिँदैन। यसले सुस्त र निर्जीव कपालमा चमक ल्याउँछ र समयभन्दा पहिले कपाल झर्नबाट जोगाउँछ।

आयुर्वेदमा बदामको तेललाई टाउकोको मसाजका लागि उपयोगी मानिन्छ, जसले कपालको वृद्धिमा मात्र होइन, राम्रो निद्रामा पनि सहयोग पुर्‍याउँछ।

बदामको तेललाई हल्का तताएर टाउकोमा राम्रोसँग मालिस गर्न सुझाव दिइन्छ। एक देखि डेढ घण्टासम्म राखेपछि सामान्य पानी र माइल्ड श्याम्पु प्रयोग गरी कपाल धुन सकिन्छ। नियमित प्रयोगले कपाल लामो, बाक्लो र स्वस्थ राख्न मद्दत गर्छ।

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *