• साउन २७, २०८२
  • No Comment
  • 215

बदामको तेल कपालका लागि लाभदायी

साउन २८ – बजारमा विभिन्न प्रकारका कृत्रिम रंग, सुगन्ध र रसायन मिसाइएका तेलहरू बिक्री भइरहेका छन्, जसले कपाल छिट्टै बढ्ने दाबी गर्दछन्। तर, विशेषज्ञहरूका अनुसार यस्ता महँगा र प्रभावहीन तेलको सट्टा सादा र प्राकृतिक तेल प्रयोग गर्नुपर्छ।

यसै सन्दर्भमा, बदामको तेल कपालको स्वास्थ्यका लागि प्रभावकारी मानिन्छ। भिटामिन ई, म्याग्नेसियम, कपर, फस्फोरस र एन्टी–अक्सिडेन्टले भरिपूर्ण बदामको तेलले टाउको र कपाललाई विभिन्न समस्या बाट जोगाउन मद्दत गर्छ। यसमा रहेको एन्टी–इन्फ्लेमेटरी गुणले टाउकोको चायाँ, चिलाउने तथा कपाल झर्ने समस्या कम गर्न सहयोग पुर्‍याउँछ।

विशेषज्ञहरूका अनुसार बदामको तेलले टाउकोमा हाइड्रेसन कायम राखी कपाल सुख्खा हुन दिँदैन। यसले सुस्त र निर्जीव कपालमा चमक ल्याउँछ र समयभन्दा पहिले कपाल झर्नबाट जोगाउँछ।

आयुर्वेदमा बदामको तेललाई टाउकोको मसाजका लागि उपयोगी मानिन्छ, जसले कपालको वृद्धिमा मात्र होइन, राम्रो निद्रामा पनि सहयोग पुर्‍याउँछ।

बदामको तेललाई हल्का तताएर टाउकोमा राम्रोसँग मालिस गर्न सुझाव दिइन्छ। एक देखि डेढ घण्टासम्म राखेपछि सामान्य पानी र माइल्ड श्याम्पु प्रयोग गरी कपाल धुन सकिन्छ। नियमित प्रयोगले कपाल लामो, बाक्लो र स्वस्थ राख्न मद्दत गर्छ।

सम्बन्धित खबर

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिका वडा नं. ६ स्थित आधारभुत स्वास्थ्य केन्द्र साल्मको नवनिर्मित भवन विधिवत् रूपमा उद्घाटन गरिएको छ। वडा नं. ६…
यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ यस्तो

यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ…

काठमाडौँ — चिकित्सकहरूले केही दीर्घरोग भएका व्यक्तिलाई मासु सेवनमा विशेष सावधानी अपनाउन सुझाव दिएका छन्। अत्यधिक मासु, चिल्लो, नुन, गुलियो पदार्थ,…
भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ले सरकारी जग्गा खाली गराउने नाममा भूमिहीन सुकुम्बासीमाथि भइरहेको ज्यादती बन्द गर्न सरकारसँग आग्रह…

Leave a Reply

Your email address will not be published. Required fields are marked *