• साउन २५, २०८२
  • No Comment
  • 107

भेरी नदीको उर्लंदो भेलमा हराए दृष्टिविहीन युवक, साथीले सुनाए दर्दनाक क्षण

सुर्खेतको सिम्ता गाउँपालिकामा एक दुखद घटना घटेको छ, जहाँ भेरी नदीमा नुहाउन गएका एक दृष्टिविहीन युवक बेपत्ता भएका छन्। प्रहरीका अनुसार, सिम्ता–८ डाँडाखालीका अन्दाजी २४ वर्षीय तीर्थ बहादुर मल्ल शनिबार दिउँसो भेरी नदीमा बगेर हराएका हुन्।

घटनाको पृष्ठभूमि अनुसार, तीर्थ आफ्ना अर्का दृष्टिविहीन साथी योगेन्द्र शाहीसँगै सिम्ता–६ स्थित घाटचौरमा नुहाउन गएका थिए। योगेन्द्रले घटनाबारे बताउँदै भने, ‘हामी दुई भाइ नुहाउन खोलामा पुगेका थियौं, मैले कपडा खोल्न नपाउँदै तीर्थलाई भेलले बगाइहाल्यो।’ साथीलाई नदीले बगाएको देखे पनि दृष्टिविहीन भएका कारण उनले केही गर्न सकेनन् र असहाय बने। घटनाको जानकारी पाउनासाथ स्थानीय बासिन्दा र इलाका प्रहरी कार्यालय, बाँदेपिपलको टोलीले खोजी कार्य सुरु गरेको थियो। तर, हालसम्म तीर्थ फेला परेका छैनन् र उनको खोजी कार्य निरन्तर जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

बिहान भिजाएको बदाम खाँदा यस्ता छन फाइदाहरू

बिहान भिजाएको बदाम खाँदा यस्ता छन फाइदाहरू

काठमाडौं । पोषण तत्वले भरिपूर्ण बदामलाई सबैभन्दा उपयोगी सुपरफुड मानिन्छ । नियमित रूपमा यसको सेवनले शारीरिक, मानसिक तथा छाला–कपालको स्वास्थ्यमा उल्लेख्य…
कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

सुर्खेत । कर्णाली प्रदेशका उद्योगले आफ्नो उत्पादन क्षमता अनुसार काम गर्न नसकेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष…
“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय बन्नुपर्छ” : मुख्यमन्त्री कडेल

“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय…

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विकास बजेटको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशसभा सदस्यदेखि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसम्म सबैको साझा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *