• साउन २२, २०८२
  • No Comment
  • 167

नेप्से परिसूचकमा उकालो, आठ अर्बभन्दा बढीको कारोबार

धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक आज १८.३० अंकले वृद्धि भई २,८५०.३७ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीहरूको प्रदर्शन मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.६१ अंकले बढेर ४९०.१६ मा पुगेको छ । आज कूल २ करोड ५४ लाख ३ हजार ५४० कित्ता सेयरहरू किनबेच भएका छन्। यस कारोबारबाट कुल ८ अर्ब ५३ करोड ७५ लाख ८१ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

नेप्सेका अनुसार, सिक्लेस हाइड्रोपावर, बरुण हाइड्रोपावर, मकर जितुमाया सुरी हाइड्रोपावर, रिलायबल समृद्धि योजना, र खानीखोला हाइड्रोपावरका लगानीकर्ताहरू लाभमा रहे। तर, उन्नति सहकार्य लघुवित्त, समाज लघुवित्त, सान्भी इनर्जी, मैलुङ खोला हाइड्रोपावर, र नबिल डिबेञ्चरका लगानीकर्ताहरू भने घाटामा परेका छन् । कूल ३१८ कम्पनीहरूमध्ये १८७ कम्पनीको सेयर मूल्य बढेको छ भने ६२ कम्पनीको घटेको छ। बाँकी कम्पनीहरूको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।

कारोबारका आधारमा लिवर्टी इनर्जी, शिवम् सिमेन्ट, हिमालय रिइन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्स कम्पनी, र युनाइटेड मोदी हाइड्रोपावर शीर्ष स्थानमा छन् । आजको कारोबारपछि कुल बजार पूँजीकरण ४७ खर्ब ५७ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *