- साउन २२, २०८२
- No Comment
- 66
नेप्से परिसूचकमा उकालो, आठ अर्बभन्दा बढीको कारोबार

धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक आज १८.३० अंकले वृद्धि भई २,८५०.३७ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीहरूको प्रदर्शन मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.६१ अंकले बढेर ४९०.१६ मा पुगेको छ । आज कूल २ करोड ५४ लाख ३ हजार ५४० कित्ता सेयरहरू किनबेच भएका छन्। यस कारोबारबाट कुल ८ अर्ब ५३ करोड ७५ लाख ८१ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
नेप्सेका अनुसार, सिक्लेस हाइड्रोपावर, बरुण हाइड्रोपावर, मकर जितुमाया सुरी हाइड्रोपावर, रिलायबल समृद्धि योजना, र खानीखोला हाइड्रोपावरका लगानीकर्ताहरू लाभमा रहे। तर, उन्नति सहकार्य लघुवित्त, समाज लघुवित्त, सान्भी इनर्जी, मैलुङ खोला हाइड्रोपावर, र नबिल डिबेञ्चरका लगानीकर्ताहरू भने घाटामा परेका छन् । कूल ३१८ कम्पनीहरूमध्ये १८७ कम्पनीको सेयर मूल्य बढेको छ भने ६२ कम्पनीको घटेको छ। बाँकी कम्पनीहरूको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।
कारोबारका आधारमा लिवर्टी इनर्जी, शिवम् सिमेन्ट, हिमालय रिइन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्स कम्पनी, र युनाइटेड मोदी हाइड्रोपावर शीर्ष स्थानमा छन् । आजको कारोबारपछि कुल बजार पूँजीकरण ४७ खर्ब ५७ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ।