• साउन २२, २०८२
  • No Comment
  • 152

भट्टराईको आरोप: रवि एकान्तमा, सूचनाबाट वञ्चित

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई एकान्तमा राखिएको र सूचनाबाट टाढा राखिएको आरोप लगाएका छन् । रुपन्देही कारागारमा बिहीबार रविलाई भेटेर फर्किएपछि पत्रकारहरूसँग कुरा गर्दै डा. भट्टराईले लामिछानेलाई सामान्य कैदीझैँ खुला स्थानमा नराखिएको बताए। “उहाँ बस्नुभएको कोठा त एकप्रकारको सोलिटरी कन्साइनमेन्ट जस्तो रहेछ,

 उनले भने, “जेल भनेको खुला स्थान पनि हुन्छ, कैदीहरूबीच कुराकानीको अवसर हुन्छ। तर उहाँलाई त एक्लै राखिएको रहेछ, जुन उपयुक्त लागेन । भट्टराईका अनुसार लामिछानेलाई पत्रपत्रिका समेत पढ्न दिइएको छैन। “हामी पञ्चायतकालमा जेलमा हुँदा पनि पत्रिका पाउँथ्यौँ,” उनले स्मरण गरे, “तर उहाँलाई चाहिँ पूर्णरूपमा सूचनाबाट टाढा राखिएको छ। सुरक्षाकर्मीलाई सोध्दा, यस्तो आदेश नै छैन भनेर जवाफ दिइयो । डा. भट्टराईले रविलाई “जनताको प्रतिनिधि र राजनीतिक बन्दी” भन्दै सद्भावपूर्वक भेट्न गएको पनि बताए ।

सम्बन्धित खबर

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…
भारतको राजस्थानमा चलिरहेको बसमा भीषण आगलागीः २० भन्दा बढी यात्रुको मृत्यु, धेरै घाइते

भारतको राजस्थानमा चलिरहेको बसमा भीषण आगलागीः २० भन्दा बढी…

राजस्थानको जैसलमेरमा हिजो बेलुका चलिरहेको एसी बसमा लागेको भीषण आगलागीमा २० भन्दा बढी यात्रुको मृत्यु भएको खबर आएको छ। बसमा सवार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *