• साउन २१, २०८२
  • No Comment
  • 118

कर्णालीमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

कर्णाली प्रदेशमा ९६ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि विकास निर्देशनालय कर्णाली प्रदेशले जानकारी दिएको छ । निर्देशनालयका अनुसार प्रदेशभरि ४१ हजार ४२ हेक्टर धानखेतीयोग्य जमिनमध्ये हालसम्म ३९ हजार ५९४.९ हेक्टरमा रोपाइँ भइसकेको हो । निर्देशनालयका निमित्त निर्देशक तिलकप्रसाद पाण्डेका अनुसार जुम्ला, हुम्ला र डोल्पा जिल्लामा १०० प्रतिशत रोपाइँ सम्पन्न भएको छ। जुम्लामा २,८९० हेक्टर, हुम्लामा ५८५ हेक्टर र डोल्पामा १९८ हेक्टरमा रोपाइँ गरिएको छ।

चार जिल्लामा ९९ प्रतिशतभन्दा बढी रोपाइँ भएको छ । जाजरकोटमा २,६४५ हेक्टरमध्ये २,६२३ हेक्टरमा (९९.२ प्रतिशत), तथा सल्यान, मुगु र रुकुम पश्चिममा समान रूपमा ९९ प्रतिशत रोपाइँ सम्पन्न भएको हो । कालिकोटमा २,४६२ हेक्टरमध्ये २,४१२ हेक्टरमा (९८ प्रतिशत) रोपाइँ सकिएको छ। प्रदेशमा सबैभन्दा धेरै धान खेती हुने सुर्खेतमा भने ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। सुर्खेतको १४,९२१ हेक्टरमध्ये १४,१७४.९५ हेक्टरमा रोपाइँ सकिएको हो । दैलेखमा ७,६२० हेक्टरमध्ये ७,०८६.६ हेक्टरमा रोपाइँ भएको निर्देशनालयले जनाएको छ।

सम्बन्धित खबर

प्रदूषण बढेसँगै किन आइरहन्छ खकार? जोगिन के गर्ने?

प्रदूषण बढेसँगै किन आइरहन्छ खकार? जोगिन के गर्ने?

काठमाडौं । पछिल्लो समय वायु प्रदूषण बढेसँगै धेरै मानिसमा घाँटी खसखस हुने, चिलाउने, बारम्बार खकार निकाल्न मन लाग्ने तथा खोकी लागिरहने…
कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण सुरू हुँदै

कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण सुरू हुँदै

सुर्खेत, जेठ १५ — बालिका, किशोरी तथा महिलामाथि हुने लैङ्गिक विभेद, बालविवाह, छाउपडी कुप्रथा, घरेलु हिंसा, यौन दुव्र्यवहार तथा मानव बेचबिखनजस्ता…
चौकुने गाउँपालिका वडा न. ९ र १० को घाटगाऊँ बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु वडा अध्यक्ष र प्रहरीको रोहवरमा नष्ट

चौकुने गाउँपालिका वडा न. ९ र १० को घाटगाऊँ…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा घाटगाउँको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…

Leave a Reply

Your email address will not be published. Required fields are marked *