• साउन १९, २०८२
  • No Comment
  • 159

सञ्चालनमा आयो कर्णाली करिडोरको खच्च सडक

हुम्ला । दुई दिनदेखि अवरुद्ध भएको कर्णाली करिडोरअन्तर्गत हुम्लाको खच्च सडक सञ्चालनमा आएको छ। सर्केगाड गाउँपालिका–१ स्थित खच्चमा पहिरो खसेपछि सो सडक अवरुद्ध भएको थियो। लगातारको वर्षासँगै आएको पहिरोले सडक पुरिएको थियो, जसका कारण सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको थियो।

जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर पोखरेलका अनुसार पहिरो पन्छाउने काम सकिएसँगै आइतबारदेखि सडक सञ्चालनमा आएको हो। उनका अनुसार सुरक्षाकर्मी र स्थानीयको सहयोगमा पहिरो हटाएर सडक खुलाइएको हो। सडक सञ्चालनमा आएसँगै नेपालगञ्ज, सुर्खेत हुँदै हुम्ला आउने–जाने सवारी साधन पुनः सञ्चालनमा आएका छन्।

सडक अबरुद्ध हुँदा आवश्यक वस्तुको आपूर्ति प्रभावित हुनुका साथै यात्रुहरूलाई पनि निकै समस्या भएको थियो। अहिले सडक खुलेपछि यात्रुहरू र स्थानीयवासीले राहत महसुस गरेका छन्। कर्णाली करिडोर हुम्लाका लागि एक महत्वपूर्ण जीवनरेखा मानिन्छ, जहाँ सडक अवरुद्ध हुँदा सम्पूर्ण जनजीवन प्रभावित हुन्छ।

सम्बन्धित खबर

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…
चौकुने गाउँपालिकामा PAP तर्जुमा सम्बन्धी सरोकारवालासँग समन्वय बैठक सम्पन्न

चौकुने गाउँपालिकामा PAP तर्जुमा सम्बन्धी सरोकारवालासँग समन्वय बैठक सम्पन्न

सुर्खेत।  कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत सञ्चालित उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम (R-HVAP) प्रदेश स्तरीय कार्यक्रम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *