• साउन १४, २०८२
  • No Comment
  • 174

ठूलीभेरीको उर्लंदो भेलमा फसेका चार युवा: सुरक्षाकर्मीको साहसिक अपरेसनपछि सकुशल उद्धार

डोल्पा । डोल्पाको ठूलीभेरी नदीमा बढेको बाढीको बीचमा फसेका चार जना युवालाई सुरक्षाकर्मीले सफलतापूर्वक उद्धार गरेका छन्। अविरल वर्षाका कारण नदीको बहाव एक्कासि बढेपछि उनीहरू टापुमा फसेका थिए, तर सुरक्षा निकायको संयुक्त प्रयासले उनीहरूलाई सुरक्षित बाहिर निकालिएको हो।

घटना हिमाली जिल्ला डोल्पाको ठूलीभेरी नगरपालिका–३, धुपिचौरमा भएको हो। बाढीले बगाएर ल्याएको दाउरा बटुल्न नदीमा गएका त्रिपुरासुन्दरी–६ का ३३ वर्षीय ललित बोहोरा, २६ वर्षीय नन्द प्रसाद बोहोरा, ३७ वर्षीय श्यामलाल बोहोरा र ३५ वर्षीय लालकुमार बुढा नदीको पानी बढेपछि टापुमा अलपत्र परेका थिए। मंगलबार बिहान जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले उनीहरूको उद्धार गरेको हो। उद्धार कार्यमा नेपाल प्रहरीका २५, सशस्त्र प्रहरीका १९ र नेपाली सेनाका २२ जना गरी कुल ६६ जना सुरक्षाकर्मी खटिएका थिए। उद्धारपछि उनीहरूलाई जिल्ला अस्पतालमा सामान्य स्वास्थ्य परीक्षण गराई घर पठाइएको छ। जिल्ला प्रशासन कार्यालयले वर्षायाममा नदी किनारमा नजान र सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *