• साउन १४, २०८२
  • No Comment
  • 118

ठूलीभेरीको उर्लंदो भेलमा फसेका चार युवा: सुरक्षाकर्मीको साहसिक अपरेसनपछि सकुशल उद्धार

डोल्पा । डोल्पाको ठूलीभेरी नदीमा बढेको बाढीको बीचमा फसेका चार जना युवालाई सुरक्षाकर्मीले सफलतापूर्वक उद्धार गरेका छन्। अविरल वर्षाका कारण नदीको बहाव एक्कासि बढेपछि उनीहरू टापुमा फसेका थिए, तर सुरक्षा निकायको संयुक्त प्रयासले उनीहरूलाई सुरक्षित बाहिर निकालिएको हो।

घटना हिमाली जिल्ला डोल्पाको ठूलीभेरी नगरपालिका–३, धुपिचौरमा भएको हो। बाढीले बगाएर ल्याएको दाउरा बटुल्न नदीमा गएका त्रिपुरासुन्दरी–६ का ३३ वर्षीय ललित बोहोरा, २६ वर्षीय नन्द प्रसाद बोहोरा, ३७ वर्षीय श्यामलाल बोहोरा र ३५ वर्षीय लालकुमार बुढा नदीको पानी बढेपछि टापुमा अलपत्र परेका थिए। मंगलबार बिहान जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले उनीहरूको उद्धार गरेको हो। उद्धार कार्यमा नेपाल प्रहरीका २५, सशस्त्र प्रहरीका १९ र नेपाली सेनाका २२ जना गरी कुल ६६ जना सुरक्षाकर्मी खटिएका थिए। उद्धारपछि उनीहरूलाई जिल्ला अस्पतालमा सामान्य स्वास्थ्य परीक्षण गराई घर पठाइएको छ। जिल्ला प्रशासन कार्यालयले वर्षायाममा नदी किनारमा नजान र सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ।

सम्बन्धित खबर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…
सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

काठमाडौं– सुडानको कालोकी शहरस्थित एक बालवाडीलाई लक्षित गर्दै गरिएको ड्रोन आक्रमणमा ३३ बालबालिकासहित कम्तीमा ५० जनाको ज्यान गएको सुडान डाक्टर्स नेटवर्कले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *