• साउन १४, २०८२
  • No Comment
  • 94

देशभर मनसुनी प्रभाव : पहाडी क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना

 बुधबार देशभर मनसुनी वायुको प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहँदा अन्य प्रदेशमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको जनाइएको छ।

आज दिउँसो देशभर सामान्य बदली रहनेछ भने सुदूरपश्चिम प्रदेशसहितका पहाडी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। त्यसैगरी, तराईका केही स्थानहरूमा पनि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

आज राति पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। पहाडी क्षेत्रका थोरै स्थानहरूमा र तराईका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

गण्डकी प्रदेशका पहाडी भागमा भने एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेकोले देशभर मौसममा उतारचढाव देखिएको हो।

सावधानी अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्, विशेषगरी पहाडी क्षेत्र र ती क्षेत्रका यात्रा तथा कृषिमा संलग्न व्यक्तिहरूलाई।

सम्बन्धित खबर

सुर्खेतबाट हराएका एकै परिवारका तीन बालबालिका सकुशल फेला

वीरेन्द्रनगर, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरबाट हराएका एकै परिवारका तीन बालबालिका सकुशल अवस्थामा फेला परेका छन् । जिल्ला कालिकोट रास्कोट नगरपालिका–८ घर…
यूएईले अस्थायी रूपमा बन्द गर्‍यो हवाई क्षेत्र

यूएईले अस्थायी रूपमा बन्द गर्‍यो हवाई क्षेत्र

काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावका बीच संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको जनाएको छ ।…
यी सातथरी मानिसले पिउनुहुँदैन ग्रीन टी, तपाईं पनि पर्नुहुन्छ कि ?

यी सातथरी मानिसले पिउनुहुँदैन ग्रीन टी, तपाईं पनि पर्नुहुन्छ…

 काठमाडौं । पछिल्लो समय स्वस्थ जीवनशैली अपनाउने क्रमसँगै ग्रीन टी पिउने मानिसहरूको संख्या उल्लेखनीय रूपमा बढेको छ । तौल नियन्त्रणदेखि शरीरलाई…

Leave a Reply

Your email address will not be published. Required fields are marked *