• साउन १०, २०८२
  • No Comment
  • 154

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

विभिन्न कारणवश इरानको जेलमा रहेका पाँच नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् । जेलमा नेपाली नागरिकलाई त्यहाँको अदालतले थुनामुक्त गर्ने आदेश दिएपश्चात नेपाली अवैतनिक वाणिज्यदूत र अन्तरराष्ट्रिय आप्रवासन सङ्गठनको सहयोगमा स्वदेश फिर्ता ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।यसअघि भारत सरकारलाई अनुरोध गरी भारतीय नागरिकलाई उद्धार गर्न गएको भारतीय विमान सेवाको उडानबाट विभिन्न मितिमा तीन लटमा गरी नौ नेपाली नागरिकलाई यसअघि नै इरानबाट उद्धार गरी स्वदेश फिर्ता ल्याइएको थियो ।

इजरायल र इरानबीच गत १३ जुन २०२५ देखि सुरु भएको द्वन्द्व २३ जुन २०२५ का दिन दुवै पक्षबीच युद्धविराम भएपश्चात्शत शान्तिसुरक्षाको स्थिति सहज हुँदै गएकाले नेपाली नागरिकलाई फिर्ता ल्याउन सकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *