• साउन ७, २०८२
  • No Comment
  • 223

सुर्खेतमा बाेलेराेकाे ठक्करबाट १ जनाकाे मृत्यु

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ स्थित धुलियाबिटमा आज बिहान बोलेरो गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना महिला घाइते भएकी छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरिक्षक माेहनजंग बुढथापाका अनुसार गुमीबाट सुर्खेततर्फ आइरहेको कर्णाली प्रदेश ०२००१ च ०९४४ नम्बरको बोलेरो गाडीले सडक छेउमा रोकिएको मिनिट्रकबाट घाँस झार्दै गरेका दुई स्थानीयलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परी ३४ वर्षीय प्रेम बुढा गम्भीर घाइते भएका थिए। पेट र टाउकोमा गम्भीर चोट लागेका बुढाको उपचारका क्रममा  बिहान ११ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, ३२ वर्षीया तिलकुमारी बुढा भने खुट्टामा चोट लागेर घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको बताइएको छ ।

घटनास्थलमा प्रहरी निरीक्षक अजय डाँगीको कमाण्डमा १६ जना सुरक्षाकर्मी परिचालन गरिएको थियो। बोलेरो चालक लेकबेशी नगरपालिका–६ निवासी २१ वर्षीय यामलाल सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बोलेरो र मिनिट्रक दुवै सवारी साधनलाई समेत नियन्त्रणमा लिइएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खबर

चौकुने गाउँपालिकामा अपाङ्गता सहायता सामग्री वितरण

चौकुने गाउँपालिकामा अपाङ्गता सहायता सामग्री वितरण

सुर्खेत। अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सम्मान र पहुँच सुनिश्चित गर्नु राज्यको दायित्व भएको मन्त्रीको भनाई अपाङ्गता रोकथाम तथा पुनर्स्थापना साझेदारी कार्यक्रम…
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…

Leave a Reply

Your email address will not be published. Required fields are marked *