• साउन ६, २०८२
  • No Comment
  • 157

६ पटक अपराधिक गतिबिधीमा संलग्न रही कारवाहीमा परेका गिरी पुनः खुकुरी प्रहार मद्दामा पक्राउ

सुर्खेत । सुर्खेत प्रहरीले पटक-पटक विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहँदै आएका विनोद गिरीलाई पुनः पक्राउ गरेको छ। एक जनालाई खुकुरी प्रहार गरी सख्त घाइते बनाएको आरोपमा ४० वर्षीय गिरीलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार शनिबार ( साउन ३ गते ) साँझ करिब ७ बजे वीरेन्द्रनगर नगरपालिका १० स्थित ‘भिडिज कर्णाली रिपोर्ट प्रा.लि.मा कार्यरत एक कर्मचारीलाई गिरीले खुकुरी र मुक्काले प्रहार गरी सख्त घाइते बनाएर फरार भएका थिए।
घटनाको जानकारी पाएसँगै खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा गिरीलाई आइतबार (साउन ४ गते ) बिहान ८ बजे वीरेन्द्रनगर १ बाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनी यसअघि ६ पटक विभिन्न गम्भीर अपराधमा संलग्न भई कारबाहीमा परिसकेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरिक्षक मोहनजंग बुढथापाका अनुसार गिरीमाथि २०७० सालमा डाँका चोरी र हेल्मेटले हानेर ज्यान मार्ने उद्योग, २०७१ मा सार्वजनिक अपराध, २०७२ मा ज्यान मार्ने उद्योग, २०७८ मा खुकुरी, तरवार र खुँडाले हात काटेर ज्यान मार्ने उद्योग तथा २०८० सालमा खुडा र नङ(रडले प्रहार गरी ज्यान मार्ने उद्योगमा मुद्दा चलेको रेकर्ड छ।
पक्राउ परेका गिरीलाई हिरासतमा राखी ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको डिएसपी बुढथापाले जानकारी दिनुभयो।

सम्बन्धित खबर

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…
ओलीलाई  नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

ओलीलाई नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

काठमाडौं — नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सहजतापूर्वक नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका छन्। पार्टीको…
सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

सुर्खेत, असोज ३१ — सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन्। वीरेन्द्रनगर–८ खजुरा स्थित ५१ वर्षिय रूद्र…

Leave a Reply

Your email address will not be published. Required fields are marked *