• साउन ६, २०८२
  • No Comment
  • 119

हनी ट्रयापमा पारी १४ लाख ठग्ने युवती सुर्खेतबाट पक्राउ

सुर्खेत । पुरुषलाई हनी ट्रयापमा पारी १४ लाखभन्दा बढी रकम असुलेको आरोपमा एक युवतीलाई  सुर्खेत प्रहरिले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दैलेखको नौमुले गाउँपालिका-८ घर भई हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-९ मा बस्दै आएकी २१ वर्षीया सिन्धु चन्द रहेकी छन्।

जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाका अनुसार पीडित मनोज कोइराला र प्रतिवादी सिन्धु चन्दबीच गत भदौ महिनामा वीरेन्द्रनगर-६, बुद्धपथस्थित बुलबुले भ्यु होटलमा भेटघाट भई सहमतिमा सम्बन्ध स्थापित भएको थियो।

तर, पछि चन्दले सोही सम्बन्धलाई हतियार बनाएर कोइरालालाई ‘हनी ट्रयाप’ मा पारेको प्रहरीको भनाइ छ।  प्रहरीका अनुसार, चन्दले पीडितलाई जबरजस्ती करणीको मुद्दामा फसाइदिने र सामाजिक सञ्जाल तथा मिडियामा नाङ्गो फोटो सार्वजनिक गरिदिने भन्दै डर, त्रास देखाएकी थिइन्।

यसरी पटक-पटक धम्क्याएर उनले पीडित कोइरालासँग विभिन्न मितिमा गरी जम्मा १४ लाख २५ हजार रुपैयाँ असुल गरेको पीडितले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ।

पीडितले प्रमाणसहित जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि खटिएको प्रहरी टोलीले चन्दलाई पक्राउ गरेको हो। प्रहरीले चन्दमाथि आर्थिक लाभ (एक्सटर्सन) लिएको कसुरमा थप अनुसन्धान कार्य अगाडि बढाएको जनाएको छ।

सम्बन्धित खबर

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…
ओलीलाई  नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

ओलीलाई नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

काठमाडौं — नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सहजतापूर्वक नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका छन्। पार्टीको…
सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

सुर्खेत, असोज ३१ — सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन्। वीरेन्द्रनगर–८ खजुरा स्थित ५१ वर्षिय रूद्र…

Leave a Reply

Your email address will not be published. Required fields are marked *