• साउन ५, २०८२
  • No Comment
  • 72

स्वास्थ्य मन्त्री पौडेल : एक वर्षमा जनस्तरमै प्रभाव पर्ने सुधार

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आफ्नो एक वर्षे कार्यकालमा जनस्तरमै अनुभूति हुने गरी स्वास्थ्य प्रणालीमा सुधार ल्याउन सफल भएको दाबी गरेका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत एक वर्षे उपलब्धिहरू सार्वजनिक गर्दै मन्त्री पौडेलले सेवा प्रवाह, संरचना विस्तार, रोग नियन्त्रण, स्वास्थ्य बीमा र नीतिगत सुधारजस्ता क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताए । उनका अनुसार, विगत एक वर्षमा ११३ वटा ५, १० र १५ शय्याका आधारभूत अस्पतालहरूको निर्माण सम्पन्न भइसकेको छ भने ५५ वटा अस्पताल सञ्चालनको तयारीमा छन्। आगामी आर्थिक वर्षमा थप २५० अस्पताल निर्माणका लागि बजेट विनियोजन गरिएको छ।

‘निरोगी नेपाल’ अभियान अन्तर्गत प्रत्येक फागुनलाई ‘नसर्ने रोग परीक्षण महिना’का रूपमा मनाउन थालिएको र यसले रोग पहिचानमा सघाउ पुर्‍याएको पौडेलको भनाइ छ । जनस्वास्थ्य सुदृढ पार्न ‘म स्वस्थ, मेरो समुदाय स्वस्थ’ कार्यक्रम सञ्चालनमा ल्याइएको र सबै स्थानीय तहमा जनस्वास्थ्य अधिकृत खटाइएको छ । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि देशभर ८७ प्रतिशत १०–१४ वर्षका किशोरीलाई एचपीभी खोप निःशुल्क दिइएको उनले जानकारी दिए । जलन र मुटु रोगको निःशुल्क सेवा सातै प्रदेशमा विस्तार गरिएको मन्त्री पौडेलले बताए । वीर, गण्डकी र मधेश प्रदेशमा उक्त सेवा शुरू भइसकेको छ। साथै, १४ वर्षमुनिका बालबालिकाका लागि क्यान्सर उपचार पूर्णरूपमा निःशुल्क गरिएको उल्लेख छ ।

स्वास्थ्य बीमा प्रणाली सुधारअन्तर्गत बीमा लागु हुने म्याद ३ महिनाबाट घटाएर १ महिना बनाइएको छ। दीर्घरोगीहरूलाई २ लाख रुपैयाँसम्मको सेवा दिने व्यवस्था गरिएको छ । डेंगु नियन्त्रण, औषधि पहुँच, विशेषज्ञ सेवा विस्तार, सेवा समय थप र ‘हेलो स्वास्थ्य सेवा’ सुरूजस्ता पहलहरू पनि गरिएको मन्त्री पौडेलले जानकारी दिए । उनका अनुसार २०८१ सालमा मात्र दर्जनौं कार्यविधि, निर्देशिका तथा नीतिगत दस्तावेजहरू तयार पारिएका छन् । तीमध्ये जलन, क्यान्सर, डिजिटल स्वास्थ्य, विद्यार्थी स्वास्थ्य, आपतकालीन सेवा, रेबिज रोकथाम लगायत विषय समेटिएको छ ।

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *