• साउन ५, २०८२
  • No Comment
  • 207

पाकिस्तानलाई सात विकेटले हराउँदै बंगलादेशको सानदार सुरुवात

घरेलु टोली बंगलादेशले पाकिस्तानविरुद्ध पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलमा सात विकेटको सहज जित हासिल गरेको छ । आइतबार मिरपुरमा सम्पन्न खेलमा पाकिस्तानले  पहिले ब्याटिङ गर्दै १९.३ ओभरमा मात्र ११० रनमा समेटियो । ओपनर फखर जमानले ३४ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ४४ रन बनाए। बंगलादेशका बलरहरू प्रभावशाली देखिए

तक्सिन अहमेदले ३ विकेट लिँदा २२ रन खर्चिए भने मुस्ताफिजुर रहमानले २ विकेट लिँदा केवल ६ रन मात्रै दिए। लक्ष्य पछ्याउन उत्रिएको बंगलादेशले १५.३ ओभरमा मात्र तीन विकेटको क्षतिमा ११२ रन जोड्दै सहज जित दर्ता गर्‍यो। जितको आधार ओपनर प्रभेज हुसेन रहे, जसले ३९ बलमा ३ चौका र ५ छक्का सहित ५६ रनको उत्कृष्ट पारी खेले । यस जितसँगै तीन खेलको टी–२० शृंखलामा बंगलादेशले १–० को अग्रता लिएको छ।

सम्बन्धित खबर

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…
चौकुने गाउँपालिकामा PAP तर्जुमा सम्बन्धी सरोकारवालासँग समन्वय बैठक सम्पन्न

चौकुने गाउँपालिकामा PAP तर्जुमा सम्बन्धी सरोकारवालासँग समन्वय बैठक सम्पन्न

सुर्खेत।  कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत सञ्चालित उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम (R-HVAP) प्रदेश स्तरीय कार्यक्रम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *