सुनको मूल्यमा ८ सय रुपैयाँको वृद्धि
नेपाली बजारमा आइतबार सुनको मूल्यमा फेरि वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर १ लाख ४ हजार ६ सय रुपैयाँ पुगेको छ ।
यस्तै, तेजाबी सुनको मूल्य पनि तोलामा ८ सय रुपैयाँले बढेर १ लाख ४ हजार ५० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदीको मूल्य तोलामा १ हजार ३४० रुपैयाँमै यथावत् छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको उतार–चढावका कारण नेपाली बजारमा पनि त्यसको प्रभाव देखिएको महासंघले जनाएको छ ।