• साउन २, २०८२
  • No Comment
  • 89

बामदेव गौतम भन्छन् म आन्दोलनको नेता हुँ, पद होइन काम चाहिन्छ ।

 वरिष्ठ राजनीतिक व्यक्तित्व बामदेव गौतमले आफू कुनै पदको खोजीमा नभएको स्पष्ट पारेका छन्। शुक्रबार काठमाडौंमा आयोजित एकीकृत समाजवादीसँगको एकता अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू जनआन्दोलनको नेता भएको दाबी गरे। गौतमले विगतमा आफुले नेतृत्व गरेका आन्दोलनहरू कहिल्यै असफल नभएको दाबी गर्दै भने, “म पदका लागि आएको होइन, कामको जिम्मेवारी चाहिन्छ ।

नेता गौतमले एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्न चार वर्ष लागेको उल्लेख गर्दै अब पार्टीले नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरे। “म पार्टीमा आएपछि ठूलो शक्ति आर्जन हुनेछ,” उनले भने, “सदस्य संख्या कैयौं गुणा वृद्धि हुनेछ । उनले वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी एकता अपरिहार्य रहेको उल्लेख गर्दै आफूले सुझाएको ढाँचामा एकता प्रक्रिया अघि बढिरहेको बताए । कार्यक्रममा उनले पदभन्दा कामलाई प्राथमिकता दिने र संगठन सुदृढीकरणमा योगदान पुर्‍याउने दृढता व्यक्त गरे ।

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *