• साउन २, २०८२
  • No Comment
  • 147

बामदेव गौतम भन्छन् म आन्दोलनको नेता हुँ, पद होइन काम चाहिन्छ ।

 वरिष्ठ राजनीतिक व्यक्तित्व बामदेव गौतमले आफू कुनै पदको खोजीमा नभएको स्पष्ट पारेका छन्। शुक्रबार काठमाडौंमा आयोजित एकीकृत समाजवादीसँगको एकता अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू जनआन्दोलनको नेता भएको दाबी गरे। गौतमले विगतमा आफुले नेतृत्व गरेका आन्दोलनहरू कहिल्यै असफल नभएको दाबी गर्दै भने, “म पदका लागि आएको होइन, कामको जिम्मेवारी चाहिन्छ ।

नेता गौतमले एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्न चार वर्ष लागेको उल्लेख गर्दै अब पार्टीले नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरे। “म पार्टीमा आएपछि ठूलो शक्ति आर्जन हुनेछ,” उनले भने, “सदस्य संख्या कैयौं गुणा वृद्धि हुनेछ । उनले वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी एकता अपरिहार्य रहेको उल्लेख गर्दै आफूले सुझाएको ढाँचामा एकता प्रक्रिया अघि बढिरहेको बताए । कार्यक्रममा उनले पदभन्दा कामलाई प्राथमिकता दिने र संगठन सुदृढीकरणमा योगदान पुर्‍याउने दृढता व्यक्त गरे ।

सम्बन्धित खबर

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमबासीको परीक्षण सुरु

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमबासीको परीक्षण सुरु

 काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले वास्तविक सुकुम्वासीको पहिचान गर्न भू-अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत परीक्षण प्रक्रिया सुरु गरेको…
लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षा, देशभर हावाहुरी र असिनाको जोखिम

लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षा, देशभर हावाहुरी र असिनाको…

 काठमाडौं — देशभर मौसममा बदली भएसँगै विभिन्न स्थानमा वर्षा, हावाहुरी तथा असिनाको जोखिम बढेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत…
चिसो मौसममा देखापर्ने प्रमुख १० स्वास्थ्य समस्या, यस्ता छन बच्ने उपाय

चिसो मौसममा देखापर्ने प्रमुख १० स्वास्थ्य समस्या, यस्ता छन…

 काठमाडौं — देशभर चिसो बढेसँगै विभिन्न स्वास्थ्य समस्या देखापर्ने जोखिम पनि बढेको छ। काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा, हिमपात र बाक्लो…

Leave a Reply

Your email address will not be published. Required fields are marked *