• असार ३२, २०८२
  • No Comment
  • 217

आज देशभर साउने सङ्क्रान्ति धूमधामसँग मनाइँदै

साउन १ — साउन महिनाको पहिलो दिन, आज देशभर साउने सङ्क्रान्ति पर्व विशेष श्रद्धा, भक्तिभाव र रमाइलो वातावरणमा मनाइँदै छ। हरेक वर्ष सौरमासअनुसार साउन १ गते मनाइने यो पर्व सूर्यले मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने दिन पर्दछ। यही दिनदेखि दक्षिणायन सुरु हुने धार्मिक विश्वास रहिआएको छ।

साउने सङ्क्रान्तिका अवसरमा आज श्रद्धालुहरूले पवित्र नदी, पोखरी र तीर्थस्थलमा स्नान गरी पुण्य कमाउने, दान गर्ने र आफन्तजनसँग भेटघाट गरी रमाइलो गर्ने परम्परा निभाएका छन्।

धार्मिक मान्यताअनुसार, साउन महिनालाई भगवान् शिवको विशेष पूजा आराधना गर्ने समय मानिन्छ। महिलाहरूले हरियो चुरा, हरियो सारी, टिका र पहिरनमा सजिएर शिवभक्तिका साथ व्रत बस्ने परम्परा छ। हरियो र रातो पहिरन यो महिनामा विशेष महत्वका साथ प्रयोग गरिन्छ, जसले प्रकृतिसँगको नाता झल्काउँछ।

धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार असार महिनाभर खेतबारीको काममा व्यस्त रहेका किसानहरूले साउन १ गते आफन्तजनसँग जमघट गर्दै मनोरञ्जन गर्ने परम्परा रहेको छ। साथै, यस दिन छालासम्बन्धी रोग निवारणको प्रतीकस्वरूप “लुतो फाल्ने” चलन पनि रहिआएको छ।

परम्पराअनुसार, औषधीय गुण भएका वनस्पति—जस्तै कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नास्पाती आदि—राखी ‘कण्डारक’ नामक राक्षसको पूजा गरिन्छ। त्यसपछि अगुल्टो फालेर लुतो भगाउने प्रचलन छ। यस क्रममा शङ्ख फुक्ने, ढोका बन्द गर्ने, घण्टा बजाउने र नाङ्लो ठटाउने जस्ता गतिविधिहरू गर्ने परम्परा समाजमा छ।

साउने सङ्क्रान्तिले धार्मिक, सांस्कृतिक र सामाजिक महत्व बोकेकोले नेपाली समाजमा यो पर्व विशेष उत्साहपूर्वक मनाइन्छ। यसले पारिवारिक एकता, सांस्कृतिक संरक्षण र स्वास्थ्यसम्बन्धी जनविश्वासलाई पनि समेटेको पाइन्छ।

सम्बन्धित खबर

विश्वकपका अमर कीर्तिमानतर्फ मेसीको अर्को कदम

विश्वकपका अमर कीर्तिमानतर्फ मेसीको अर्को कदम

अर्जेन्टिनाका कप्तान लियोनल मेसी फेरि एकपटक विश्व फुटबलको केन्द्रमा आएका छन्। आफ्नो जीवनको छैटौँ विश्वकप प्रतियोगितामा मैदान उत्रिएसँगै उनले अर्को ऐतिहासिक…
चौकुने गाउँपालिकामा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूलाई दुईदिने उद्यमशीलता प्रवर्द्धन कार्यक्रम संचालन

चौकुने गाउँपालिकामा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूलाई दुईदिने उद्यमशीलता प्रवर्द्धन…

सुर्खेत। चौकुने गाउँपालिकाको रोजगार सेवा केन्द्रको आयोजनामा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूलाई लक्षित गरी उद्यमशीलता प्रवर्द्धन दुई दिने कार्यक्रम संचालन भएको छ।…
चौकुने गाउँपालिकामा मेलमिलापकर्ताको क्षमता विकास तालिम सम्पन्न

चौकुने गाउँपालिकामा मेलमिलापकर्ताको क्षमता विकास तालिम सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिकाको आयोजनामा मेलमिलापकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित दुई दिने मेलमिलापकर्ताको क्षमता विकास तालिम सम्पन्न भएको छ। चौकुने गाउँपालिकाका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *