• असार ३२, २०८२
  • No Comment
  • 20

आज देशभर साउने सङ्क्रान्ति धूमधामसँग मनाइँदै

साउन १ — साउन महिनाको पहिलो दिन, आज देशभर साउने सङ्क्रान्ति पर्व विशेष श्रद्धा, भक्तिभाव र रमाइलो वातावरणमा मनाइँदै छ। हरेक वर्ष सौरमासअनुसार साउन १ गते मनाइने यो पर्व सूर्यले मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने दिन पर्दछ। यही दिनदेखि दक्षिणायन सुरु हुने धार्मिक विश्वास रहिआएको छ।

साउने सङ्क्रान्तिका अवसरमा आज श्रद्धालुहरूले पवित्र नदी, पोखरी र तीर्थस्थलमा स्नान गरी पुण्य कमाउने, दान गर्ने र आफन्तजनसँग भेटघाट गरी रमाइलो गर्ने परम्परा निभाएका छन्।

धार्मिक मान्यताअनुसार, साउन महिनालाई भगवान् शिवको विशेष पूजा आराधना गर्ने समय मानिन्छ। महिलाहरूले हरियो चुरा, हरियो सारी, टिका र पहिरनमा सजिएर शिवभक्तिका साथ व्रत बस्ने परम्परा छ। हरियो र रातो पहिरन यो महिनामा विशेष महत्वका साथ प्रयोग गरिन्छ, जसले प्रकृतिसँगको नाता झल्काउँछ।

धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार असार महिनाभर खेतबारीको काममा व्यस्त रहेका किसानहरूले साउन १ गते आफन्तजनसँग जमघट गर्दै मनोरञ्जन गर्ने परम्परा रहेको छ। साथै, यस दिन छालासम्बन्धी रोग निवारणको प्रतीकस्वरूप “लुतो फाल्ने” चलन पनि रहिआएको छ।

परम्पराअनुसार, औषधीय गुण भएका वनस्पति—जस्तै कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नास्पाती आदि—राखी ‘कण्डारक’ नामक राक्षसको पूजा गरिन्छ। त्यसपछि अगुल्टो फालेर लुतो भगाउने प्रचलन छ। यस क्रममा शङ्ख फुक्ने, ढोका बन्द गर्ने, घण्टा बजाउने र नाङ्लो ठटाउने जस्ता गतिविधिहरू गर्ने परम्परा समाजमा छ।

साउने सङ्क्रान्तिले धार्मिक, सांस्कृतिक र सामाजिक महत्व बोकेकोले नेपाली समाजमा यो पर्व विशेष उत्साहपूर्वक मनाइन्छ। यसले पारिवारिक एकता, सांस्कृतिक संरक्षण र स्वास्थ्यसम्बन्धी जनविश्वासलाई पनि समेटेको पाइन्छ।

सम्बन्धित खबर

कालिकोटकी महिलाद्वारा प्रहरी जवानविरुद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता 

कालिकोटकी महिलाद्वारा प्रहरी जवानविरुद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता 

काठमाडौं । कालिकोट शान्नित्रिवेणीकी एक महिलाले प्रहरी जवानविरुद्ध जबर्जस्ती करणीको आरोपमा मुद्दा दर्ता गरेकी छन्। वाजुरा स्थायी घर भई हाल काठमाडौं…
स्याउको राजधानी जुम्ला: पहिचान झल्काउन सदरमुकाममा बन्यो ‘एप्पल चोक’

स्याउको राजधानी जुम्ला: पहिचान झल्काउन सदरमुकाममा बन्यो ‘एप्पल चोक’

जुम्ला। जसलाई नेपालको ‘स्याउको राजधानी’ भनेर पनि चिनिन्छ, अब आफ्नो यो गौरवशाली पहिचानलाई थप उजागर गर्ने भएको छ। जिल्लाको चन्दननाथ नगरपालिकाले…
सुर्खेतमा डरलाग्दो बेरुजु: नौ स्थानीय तहमा ३ अर्ब २९ करोडभन्दा बढी रकमको हिसाबकिताब गोलमाल

सुर्खेतमा डरलाग्दो बेरुजु: नौ स्थानीय तहमा ३ अर्ब २९…

सुर्खेत। सुर्खेतका स्थानीय तहहरूमा आर्थिक अनुशासनको अवस्था कमजोर देखिएको छ, जसकारण बेरुजुको चाङ बढ्दै गएर डरलाग्दो अवस्थामा पुगेको छ। महालेखा परीक्षकको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *