• असार ३०, २०८२
  • No Comment
  • 80

जाजरकोटमा ट्याक्टर दुर्घटना: चालकको मृत्यु, सहचालक गम्भीर घाइते

जाजरकोट, ३० असार । जाजरकोटको छिन्चु-जाजरकोट सडकखण्डमा साेमबार बिहान एक ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय, जाजरकोटका अनुसार भेरी नगरपालिका-१०, आलिस्थित सडकमा फेराबाट छेडेचौरतर्फ जाँदै गरेको क.प्र. ०१-००२ त ०६००७ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल भेरी नदीको किनारमा खसेको थियो।
दुर्घटनामा ट्याक्टर चालक, जाजरकोट भेरी नगरपालिका-९ निवासी २० वर्षीय धन बहादुर बि.क.को घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
सोही दुर्घटनामा परी गम्भीर घाइते भएका सहचालक, भेरी नगरपालिका-७ का १५ वर्षीय बिरेन्द्र परियार रहेकाे प्रहरीले जनाएकाे छ। उनलाई उपचारका लागि जिल्ला अस्पताल, जाजरकोट लगिएकोमा थप उपचारका लागि रुकुम पश्चिमको चौरजहारीस्थित मिशन अस्पतालमा पठाइएको प्रहरीले जानकारी दिएको छ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, जाजरकोटबाट प्रहरी निरीक्षक हरिराम डाँगीको नेतृत्वमा विशेषज्ञ टोली (SOCO) पनि घटनास्थल पुगेको थियो।
प्रहरीले  मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल, जाजरकोटको शव गृहमा राखेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सम्बन्धित खबर

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…
ओलीलाई  नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

ओलीलाई नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

काठमाडौं — नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सहजतापूर्वक नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका छन्। पार्टीको…
सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

सुर्खेत, असोज ३१ — सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन्। वीरेन्द्रनगर–८ खजुरा स्थित ५१ वर्षिय रूद्र…

Leave a Reply

Your email address will not be published. Required fields are marked *