• असार २६, २०८२
  • No Comment
  • 136

सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

 सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरको एक खाजा घरमा जुवा खेलिरहेको अवस्थामा सञ्चालकसहित पाँच जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–६, हटियालाइनस्थित ‘टेष्टी खाजा घर’ बाट बुधबार साँझ उनीहरुलाई नियन्त्रणमा लिइएको हो।

खाजा घरमा जुवातास चलिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले छापा मार्दा उनीहरु जुवा खेलिरहेको अवस्थामा रंगेहात पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा खाजा घरका सञ्चालक, दैलेख घर भई हाल वीरेन्द्रनगर–६ मा बस्ने ४१ वर्षीय तीर्थराज रेग्मी रहेका छन्। त्यसैगरी, प्रहरीले दैलेख गुँरास गाउँपालिका–६ का ३६ वर्षीय विनोद रोकाय, कालीकोट रास्कोट नगरपालिका–५ का ४० वर्षीय कटक शाही, सुर्खेत वीरेन्द्रनगर–३ का ३२ वर्षीय जगदिश रोकाय र सोही वडाका ५८ वर्षीय तिलक चपाईलाई  पक्राउ गरेको सुर्खेत प्रहरीले जनाएकाे छ।

प्रहरीले उनीहरुको साथबाट जुवा खेल्न प्रयोग भएको नगद ३४ हजार ६ सय ४५ रुपैयाँ, आठ गड्डी तास, र विभिन्न कम्पनीका मोबाइल फोनहरु बरामद गरेको छ।

पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखी जुवा तथा सट्टेबाजी सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा प्रहरी उपरीक्षक (डीएसपी) सुधीरराज शाहीले जानकारी दिए।

सम्बन्धित खबर

सुर्खेतमा लागुऔषधसम्बन्धी अपराध तीन वर्षयतादेखि घट्दो क्रममा

सुर्खेतमा लागुऔषधसम्बन्धी अपराध तीन वर्षयतादेखि घट्दो क्रममा

सुर्खेत — सुर्खेतमा पछिल्लो तीन आर्थिक वर्षको तथ्यांकले लागुऔषधसम्बन्धी अपराधको घटनालाइ घटदो क्रममा देखाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतको त्रिवर्षीय…
सुर्खेत प्रहरीको ठूलो सफलता, नक्कली नोट र अफिमको ठूलो सञ्जाल ध्वस्त, मिडिया सञ्चालकसहित ५ जना पक्राउ

सुर्खेत प्रहरीको ठूलो सफलता, नक्कली नोट र अफिमको ठूलो…

प्रहरीले विभिन्न जिल्लामा सञ्जाल फैलाएर नक्कली नोटको कारोबार र लागुऔषध अफिमको तस्करीमा संलग्न एक संगठित गिरोहलाई पक्राउ गरेको छ । सुर्खेत,…
सुर्खेतमा अवैध ४०० लिटर मदिरासहित एक जना पक्राउ

सुर्खेतमा अवैध ४०० लिटर मदिरासहित एक जना पक्राउ

सुर्खेत।  जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा सञ्चालित एक अवैध मदिरा भट्टीमा छापा मारेर ठूलो परिमाणमा घरेलु मदिरा बरामद गरेको छ। प्रहरीले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *