• असार २२, २०८२
  • 1 Comment
  • 160

सुर्खेतमा अवैध ४०० लिटर मदिरासहित एक जना पक्राउ

सुर्खेत।  जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा सञ्चालित एक अवैध मदिरा भट्टीमा छापा मारेर ठूलो परिमाणमा घरेलु मदिरा बरामद गरेको छ। प्रहरीले ४०० लिटर अवैध मदिरा र कच्चा पदार्थसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।

सुर्खेत प्रहरीका अनुसार, वीरेन्द्रनगर नगरपालिका-१, लगनशिल टाेलमा अवैध रूपमा मदिरा उत्पादन, भण्डारण तथा बिक्री-वितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा आइतबार बिहान करिब ११ बजे प्रहरी टोली खटाइएको थियो। त्यस क्रममा सल्यानको बागचौर नगरपालिका-२ घर भई हाल गैरीगाउँस्थित पवित्रा सुनारको घरमा डेरा गरी बस्ने ३३ वर्षीय नवराज परियारलाई आफ्नै कोठामा अवैध मदिरा उत्पादन गरिरहेको अवस्थामा रंगेहात फेला पारिएको हो।

प्रहरीले परियारको डेराकोठाबाट २० लिटरका २२ वटा बाल्टिनमा राखिएको ३८५ लिटर कच्चा पदार्थ र बिक्रीका लागि तयारी अवस्थामा रहेको १५ लिटर घरेलु मदिरा गरी जम्मा ४०० लिटर बरामद गरेको थियो।

पक्राउ परेका परियारलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय, वीरेन्द्रनगर पठाइएको प्रहरीले जनाएको छ। साथै, बरामद गरिएको सम्पूर्ण मदिरा र कच्चा पदार्थ स्थानीय जनप्रतिनिधिको  उपस्थितिमा नष्ट गरिएको छ।  

सम्बन्धित खबर

सुर्खेतमा लागुऔषधसम्बन्धी अपराध तीन वर्षयतादेखि घट्दो क्रममा

सुर्खेतमा लागुऔषधसम्बन्धी अपराध तीन वर्षयतादेखि घट्दो क्रममा

सुर्खेत — सुर्खेतमा पछिल्लो तीन आर्थिक वर्षको तथ्यांकले लागुऔषधसम्बन्धी अपराधको घटनालाइ घटदो क्रममा देखाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतको त्रिवर्षीय…
सुर्खेत प्रहरीको ठूलो सफलता, नक्कली नोट र अफिमको ठूलो सञ्जाल ध्वस्त, मिडिया सञ्चालकसहित ५ जना पक्राउ

सुर्खेत प्रहरीको ठूलो सफलता, नक्कली नोट र अफिमको ठूलो…

प्रहरीले विभिन्न जिल्लामा सञ्जाल फैलाएर नक्कली नोटको कारोबार र लागुऔषध अफिमको तस्करीमा संलग्न एक संगठित गिरोहलाई पक्राउ गरेको छ । सुर्खेत,…
सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

 सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरको एक खाजा घरमा जुवा खेलिरहेको अवस्थामा सञ्चालकसहित पाँच जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–६,…

1 Comments

  • धेरै राम्रो काम गरे जस्तो गरेर अरुको रोजगारीलाई लात हानेर के फाईदा सक्नुहुन्छ भने नेपाल मा गाजा चरेस द्रक्स अनि हत्यारा बलत्कारीलाई फासिको फन्दामा ल्याउनुस अनि घरेलु मधिरा आफै बन्ध हुन्छ अनि अर्को नेपालमा चुरोट र सुर्त्री जान्ने पर्दर्थलाई पनि यसरीनै नस्ट गर्नुस तब तपाईलाई धन्येबाद भन्छन सबैले नत्र यो काम सरासर गलत हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *