• असार १५, २०८२
  • No Comment
  • 26

एसीसी यु-१६ इस्ट जोन कप : इन्डोनेसियाविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं  — मलेसियामा जारी एसीसी यु-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले तेस्रो खेलमा इन्डोनेसियाविरुद्ध ब्याटिङ गर्दै खेल सुरु गरेको छ।

आज (आइतबार) बिहान टस जितेको इन्डोनेसियाले फिल्डिङ रोजेपछि नेपालले पहिलो ब्याटिङ गरिरहेको हो। समूह ‘ए’ मा अपराजित रहेको नेपाली टोलीले आजको खेल जित्दै समूह चरणको शीर्ष स्थानमा उक्लन चाहेको छ।

नेपालले यसअघि समूह चरणको पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले तथा दोस्रो खेलमा जापानलाई ९ विकेटले पराजित गरेको थियो। दुई खेलमा जित निकाल्दै नेपाल ४ अंकसहित तालिकाको दोस्रो स्थानमा छ।

उता, इन्डोनेसियाले समूह चरणमा एक जित र एक हारसहित २ अंक बटुलेको छ। पहिलो खेलमा सिंगापुरसँग ९ विकेटले पराजित भएको इन्डोनेसियाले दोस्रो खेलमा भुटानलाई ९ विकेटले हराएको थियो।

समूह ‘ए’ मा तीन जित र एक हारसहित सिंगापुर ६ अंकका साथ शीर्ष स्थानमा छ। तीन खेलमध्ये एक जित र दुई हारसहित जापान २ अंकका साथ तेस्रो स्थानमा रहेको छ भने भुटान अझै अंकविहीन अवस्थामा पुछारमा छ।

नेपालले समूह चरणको अन्तिम खेल आगामी असार १७ गते (१ जुलाई) भुटानविरुद्ध खेल्नेछ। प्रतियोगितामा नेपालसहित १० टोली सहभागी छन्, जसलाई दुई समूहमा विभाजन गरिएको छ।

समूह ‘बी’ मा आयोजक मलेसिया, हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार छन्। समूह चरणको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।

सम्बन्धित खबर

आज साउन १५ : देशभर खीर खाएर मनाइँदै

आज साउन १५ : देशभर खीर खाएर मनाइँदै

साउन १५ — आज साउन १५ गते, देशभर खीर खाएर विशेष परम्परागत ढंगले मनाइँदैछ। नेपाली समाजमा वर्षायामका विशेष दिनहरूलाई परिकारहरू मार्फत…
कैलाश-मानसरोवर दर्शन अब नेपालबाटै: हुम्लाको लाप्चामा बन्यो भव्य पर्यटकीय पूर्वाधार

कैलाश-मानसरोवर दर्शन अब नेपालबाटै: हुम्लाको लाप्चामा बन्यो भव्य पर्यटकीय…

हुम्ला। अब पवित्र कैलाश मानसरोवरको दर्शनका लागि नेपालबाटै सहज हुने भएको छ। हुम्लाको नाम्खा गाउँपालिका–६, लिमीस्थित पाँच हजार मिटर उचाइको लाप्चा…
खरानीबाट उठ्दै सुर्खेतका व्यवसायी: आगलागीले ध्वस्त पसललाई बीमाको २ करोडको सहारा

खरानीबाट उठ्दै सुर्खेतका व्यवसायी: आगलागीले ध्वस्त पसललाई बीमाको २…

सुर्खेत। सुर्खेतमा केही महिनाअघि भएको विनाशकारी आगलागीबाट आफ्नो व्यापार-व्यवसाय गुमाएका एक व्यवसायीले बीमा रकम पाएपछि राहतको सास फेरेका छन्। आगलागीले खरानी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *