• असार १५, २०८२
  • No Comment
  • 165

एसीसी यु-१६ इस्ट जोन कप : इन्डोनेसियाविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं  — मलेसियामा जारी एसीसी यु-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले तेस्रो खेलमा इन्डोनेसियाविरुद्ध ब्याटिङ गर्दै खेल सुरु गरेको छ।

आज (आइतबार) बिहान टस जितेको इन्डोनेसियाले फिल्डिङ रोजेपछि नेपालले पहिलो ब्याटिङ गरिरहेको हो। समूह ‘ए’ मा अपराजित रहेको नेपाली टोलीले आजको खेल जित्दै समूह चरणको शीर्ष स्थानमा उक्लन चाहेको छ।

नेपालले यसअघि समूह चरणको पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले तथा दोस्रो खेलमा जापानलाई ९ विकेटले पराजित गरेको थियो। दुई खेलमा जित निकाल्दै नेपाल ४ अंकसहित तालिकाको दोस्रो स्थानमा छ।

उता, इन्डोनेसियाले समूह चरणमा एक जित र एक हारसहित २ अंक बटुलेको छ। पहिलो खेलमा सिंगापुरसँग ९ विकेटले पराजित भएको इन्डोनेसियाले दोस्रो खेलमा भुटानलाई ९ विकेटले हराएको थियो।

समूह ‘ए’ मा तीन जित र एक हारसहित सिंगापुर ६ अंकका साथ शीर्ष स्थानमा छ। तीन खेलमध्ये एक जित र दुई हारसहित जापान २ अंकका साथ तेस्रो स्थानमा रहेको छ भने भुटान अझै अंकविहीन अवस्थामा पुछारमा छ।

नेपालले समूह चरणको अन्तिम खेल आगामी असार १७ गते (१ जुलाई) भुटानविरुद्ध खेल्नेछ। प्रतियोगितामा नेपालसहित १० टोली सहभागी छन्, जसलाई दुई समूहमा विभाजन गरिएको छ।

समूह ‘बी’ मा आयोजक मलेसिया, हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार छन्। समूह चरणको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।

सम्बन्धित खबर

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

सुर्खेत । दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरको आरोपमा पक्राउ परेकी छन् । प्रहरीका अनुसार शाहीले दिएको करिब पाँच…
चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

सुर्खेत। चौकुने गाउँपालिका कृषि विकास शाखा ले ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउकिसानहरुलाई वितरण सुरु गरेको छ। गाउँपालिकाले धान रोपाइँ…
गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

काठमाडौं । गर्मी मौसममा शरीरलाई हाइड्रेट राख्न पर्याप्त पानी पिउनु अत्यन्त आवश्यक मानिन्छ । तर तिर्खा लाग्दा धेरैलाई एउटा प्रश्नले अलमल्याउँछ—फ्रिजको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *